बाँके बैजनाथ । निकुञ्ज र मध्यवर्ती क्षेत्र निकटका मानव बस्तीमा बन्यजन्तुको कारण खेतीबाली संरक्षणमा समस्या हुने गरेको छ । बाँके राष्ट्रिय निकुञ्ज र मध्यवर्ती क्षेत्र आसपासको मानव वस्तीमा बन्यजन्तुबाट खेतीबाली जोगाउन स्थानीय सरकारले थोरै भए पनि पहल सुरु गरेको छ ।
निकुञ्ज आसपासका बाँकेको राप्तीसोनारी गाउपालिका र बैजनाथ गाउपालिकाले निकुञ्ज तथा मध्यवर्ती आसपासका गाउमा मानव बस्ती वरीपरी बन्यजन्तुबाट जोगाउन तथा मानव बन्यजन्तुबीचको द्वन्द्व निराकरण गर्नको लागि ‘मेसजाली’ लगाउन सुरु गरेको छ । जंगल आसपासका मानववस्तीमा बन्यजन्तुका कारण खेतिबाली नोक्सान हुने गरेकोले स्थानीय तहले गाउलेको माग अनुसारको मेसजाली लगाउने गरेको बाँके बैजनाथ गाउपालिकाका अध्यक्ष मानबहादुर रुचाल ठकुरीले जानकारी दिए ।
।
उनले निकुञ्ज तथा राष्ट्रिय बनमा रहेका बन्यजन्तु चित्तल, जरायो, बदेललगायतका जनावर गाउघरमा पसेर किसानले लगाएको खेती नष्ट गरेको जनगुनासो आएपछि गाउपालिकाले स्थानीयको मागको आधारमा मेसजाली लगाएको बताए । मेसजाली लगाउदा जमिनमुनी करिव डेढफुट खनेर ढलान गरी सो ढलानमाथि मेसजाली लगाउने गरिएको छ । उनले भने–‘खनेर ढलान नगर्ने हो भने बन्यजन्तुले उधुनेर ९खनेर० मेसजाली फालेर गाउमा पस्ने भएकोले जमिनमा खाडल खनेर ढलान गरी मेसजाली राख्ने गरेका छौ ।’
उनले चालु आर्थिक वर्षसम्म बैजनाथ गाउपालिकाले वडा नं १ र ४ मा करिव ५ किलोमिटर मेसजाली निकुञ्जसंगको सहकार्यमा लगाईएको बताए । उनले निकुञ्ज र गाउपालिकाको पहलमा करिव ५ किलोमिटर मेसजाली लगाएको भएपनि अझ मेसजालीको माग भएको बताए ।
यसैगरी बाँकेको राप्तीसोनारी गाउपालिकाको वडानं। २ ले पनि विभिन्न स्थानमा गरेर करिव ३ किलोमिटर मेसजाली लगाईएको वडा अध्यक्ष मदन ओलीले जानकारी दिए । उनले वडाको हरदेवा, गोभारपुर लगायतका गाउलाई बन्यजन्तुबाट सुरक्षित राख्नको लागि मेसजाली लगाएको बताए । उनले भने–‘ मेसजालीले मानव र बन्यजन्तुबीचको द्वन्द्व न्यूनिकरण गर्ने अभिप्रायले गाउको वरिपरी लगाईएको छ । अरु ठाँउमा पनि माग भएर आएको छ ।’ उनले मेसजालीका कारण बन्यजन्तुले बालिनाली नोक्सान गर्न नपाएपछि स्थानीय बासिन्दाहरु बन्यजन्तुसंग आक्रोशित हुने गरेकोमा अहिले त्यो आक्रोश घटेर गएको संरक्षण तर्फ सकारातमक सोच विकास हुँदै गएको उनले दावी गरे । बाँके बैजनाथ–१ का कृष्णलाल चौधरीले गाउमा लगाएको मेसजालीका कारण बन्यजन्तु खेतबारीमा आएर नोक्सान गर्न नसकेको बताए । उनले जंगल र मानवबस्तीलाई नै छुट्टाउने गरी पुरै क्षेत्रमा मेसजाली लगाउन माग गरे ।
उनले भने–‘केही वर्ष पहिला हिउँदे खेती भित्र्याउने बेलामा निकुञ्जबाट आएका जंगली जनावरले खेती नोक्सानी गर्ने भएकोले रातभरी जाग्राम बसेर जनावर धपाउनु पर्ने बाध्यता थियो अहिले भने मेस जालिको कारण त्यो बाध्यता टरेको छ ।’ पहिला जनावरले खेती नोक्सानी गर्दा उनीहरु प्रति आक्रोश बढ्ने र बन्यजन्तुलाई मार्ने वा घाइते समेत गराउन पछिनपर्ने स्थानीय अहिले भने संरक्षणमा चासो देखाउन थालेको उनी बताउछन् ।
बाँके राप्तीसोनारी–१ लौकीका तीर्थकुमारी बस्नेतले मेसजालीको अभाव हुँदा बाँके राष्ट्रिय निकुञ्जबाट आएका वन्यजन्तुले बालीनाली खाएर हैरान पारेको दुखेसो पोखिन । उनले आफ्नो गाउ नजिक केही ठाँउमा मेसजाली लगाईएको भएपनि सबैतिर लगाउन नपाउदा निकुञ्जबाट चित्तल, बदेल गाउ पसेर भित्र्याउने बेलाको खेती नोक्सान पुराएको उनको गुनासो छ । उनले बनयजन्तुबाट खेती जोगाउन रातभर जाग्राम बस्न बाध्य हुनु परेको बताईन ।
निकुञ्ज स्थापनासंगै वन्यजन्तु बृद्धि भएको कारण निकुञ्ज छेउछाउका बस्तीका जंगली जनवारहरु सर्वसाधारणको खेतसम्म आएर बालिनाली खाईदिने साथै घरपालुवा जनावर मारेर नोक्सानी गरेपछि सर्वसाधारण दिक्क भएका छन् ।
यसैबीच बाँके राष्ट्रिय निकुञ्जले मानव बन्यजन्तु द्वन्द न्युनिकरण गर्नको लागि विभिन्न बैकल्पिक उपायहरु अपनाउने गरेको सहायक संरक्षण अधिकृत महेश न्यौपाने बताउछन् । उनले निकुञ्ज अन्तरगतका विभिन्न ९ वटा मध्यवर्ती क्षेत्र उपभोक्ता समुहको विभिन्न क्षेत्रमा मेसजाली लगाईएको जानकारी दिए ।
यसैगरी संरक्षणको क्षेत्रमा विभिन्न गतिविधि सञ्चालन गर्दै आएको तरई भुपरिधि कार्यक्रम परियोजना सह प्रबन्धक मुना थापाले मानव बन्यजन्तु द्वन्द्व न्यूनिकरणको लागि सुरक्षित खोर बनाउन सहयोग गर्ने, गाउ वरिपरि मेसजाली लागउन र गाउप्रवेश गर्ने मुख्य मुख्य स्थानमा खाडल खन्ने जस्ता गतिबिधि सञ्चालनमा सहयोग गर्दै आएको बताईन ।
उनले यसका अलावा बर्दियाको खाता कोरिडोर र बाँकेको कम्दी कोरीडोरका स्थानीय किसानका लागि बन्यजन्तुले नोक्सान नगर्ने बैकल्पिक खेती कागती, खुर्सानी, क्यामोमाईल, मेन्था, बेतबाँस जस्ता खेती गर्दा यसलाई बन्यजन्तुले नोक्सान पनि नगर्ने र आयआर्जन संगै संरक्षणमा पनि सघाउ पुग्ने भएकोले यस्ता गतिबिधिमा आफुहरुले सहयोग पुराउदै आएको उनले बताईन ।
बाँके राष्ट्रिय निकुञ्ज मध्यवर्ती क्षेत्र उपभोक्ता समुहका अध्यक्ष गेहेन्द्र कुमार खड्काले निकुञ्जले मानव बन्यजन्तु द्वन्द्व न्यूनिकरण गर्नको लागि अहम भूमिका खेल्दै किसानलाई क्षतिपूर्ती दिने प्रकृयालाई सहज र सरल बनाउदै लैजान पर्ने बताए । उनले बन्यजन्तु गाउमा पस्न नदिनको लागि मेसजाली लगाउने अभियानलाई अझ तीब्र पार्दै लैजानु पर्ने सुझाव दिए । राजधानी दैनिकबाट