१५ कार्तिक २०८१, बिहीबार

शाैचालयकाे इतिहास : जतिबेला मान्छेलाई खुला शौच गर्न मनले दिएन
  • न्युज मानसराेवर

बाँके बैजनाथ ।  कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको विभिन्न विषय अध्यापन गराउने केन्द्रीय विभागका शौचालयहरुमा अश्लील साहित्यको भण्डार     पाइन्छ । मानवशास्त्र केन्द्रीय विभागको पहलमा त्रिविको घडीघरमा रहेको शौचालय सफा गर्ने क्रममा प्राज्ञिक संस्थाको शौचालय भन्नै लाजलाग्ने वस्तु भेटिएको थियो । साथमा शौचालयको भित्तामा अश्लील कुराहरु पर्याप्त लेखिएका थिए ।

घडीघरको बँगैचा, शौचालय एवं अन्य संरचनाको मर्मतसंहारका योजनाकार मानवशास्त्र केन्द्रीय विभागका प्रमुख डम्बर चेम्जोङ शौचालयको विकास र त्यसको पर्याप्तता मान्छेको मानसिकतासँग जोडिएको स्मरण गर्छन् । ‘विदेशी पुस्तकालयहरूमा सबैभन्दा पहिलो पूर्वाधार नै शौचालयबाट हुन्छ । पर्याप्त शौचालय बनाइन्छ ताकि कतै पढ्न आएको विद्यार्थीले शौच इच्छाका कारण नै आफ्नो पढाइलाई बिथोल्नु नपरोस् । शौचालयमा कोरिने ती अश्लील लेखाइहरू भियतनाम, थाइल्याण्ड जस्ता देशबाट विकास भएको उनी बताउँछन् ।

शौचालय सिन्धु सभ्यतामै थियो कि पछि बन्यो ?

एउटा लोकोक्ति अनुसार भित्रबस्दा र बाहिर बस्दा युद्धमा शत्रुलाई समेत आक्रमण गर्न हुँदैन भन्ने पूर्वीय युद्ध नीतिमा उल्लेख छ । भित्र बस्नेको अर्थ खाना खाने र बाहिर बस्नुको अर्थ शौच हो । एक दशकअघिसम्म पनि व्यवस्थित शौचालयको विकास नभएको हाम्रा कैयौं गाउँहरूमा के मानव सभ्यतापछि पहिलोपल्ट व्यवस्थित शौचको विकास भएको हो त रु पक्कै पनि होइन ।

इसापूर्व १२ औं शताब्दीमा नै शौचालयको विकास भएको विश्वास गरिने रोम सहरमा आठौं शताब्दीतिर आइपुग्दा कोपारोमा शौच गर्ने शैलीको विकास भयो । यद्यपि संकेतलाई आधार मान्ने हो भने इसापूर्व १२०० भन्दा अघि पनि पूर्वीय सभ्यतामा शौचालयको विकास भइसकेको थियो भन्ने केही प्रमाणहरू पाइएको छ ।

आजभन्दा ४५०० वर्ष पुरानो मानिएको सिन्धु सभ्यताको उत्खनन्बाट गरिएको खोजीको क्रममा व्यवस्थित स्नानागारको संरचना भेटिएको छ । यो वैज्ञानिक रुपमा पुष्टि भएको स्नानागारमा प्रयोग गरिएको पानीलाई सिधै खेतीबारीमा निकास गरिएको थियो भन्ने प्रमाण भेटिएको छ । यसको अर्थ स्नानागारको निर्माण गरेर पानीको निकास समेत गरिनुले शौचालयको पनि व्यवस्थित संरचना त्यतिबेला थियो कि रु भन्ने अनुमान गर्ने स्थान रहेको छ । यद्यपि सो समयमा शौचालयको प्रयोग भएको भनेर अहिलेसम्म साहित्यिक स्रोतले भने उल्लेख गरेको भेटिएको छैन ।

ईसापूर्व १२०० मा शौचालयको प्रयोग भएको एउटा वैज्ञानिक प्रमाण इजिप्टबाट भेटिएको छ । ती शौचालयहरु माटोको भाँडाबाट बनाइएका थिए । पहिलो शताब्दी ईस्वीमा रोमन सभ्यतामा पनि शौचालयको प्रमाण रहेको बताइएको छ ।

रोमन सभ्यताको पतनपछि लामो समयदेखि युरोपमा शौचालयको अभाव भयो । अवस्था यति गम्भीर थियो कि मानिसहरूले एघारौं शताब्दीसम्म पनि युरोपको सडकमा नै दिसापिसाब फ्याक्ने गर्थे । युरोपमा छैटौं शताब्दीदेखि सोह्रौं शताब्दीसम्म समयमा अज्ञानता र अन्धविश्वास मौलाएको थियो । जुन समय युरोपियनहरु समेत शौचालयविहीन भए ।

प्रक्षालन पानी आपूर्ति प्रणाली ९फ्लसिङ वाटर सप्लाई सिस्टम०को विकास सिन्धुघाँटीमा नै भएको भन्ने अनुमान गरिए पनि यसको प्रामाणिक इतिहास भने सन् ३१५ तिर रोमबाट सुरु भएको पाइएको छ । त्यतिबेला रोममा १४४ वटा शौचालय रहेको थियो भन्ने विश्वास ब्रिटिस एसोसिएसन अफ युरिन सर्जनले गरेको छ ।

त्यसो त नेचर डटकममा प्रकाशित सेक्रेट हिस्ट्रि अफ एन्सियन्ट ट्वाइलेटमा प्रकाशित तथ्यांक अनुसार आजभन्दा २००० वर्ष पहिले नै चीनमा शौचालयको विकास भइसकेको थियो । एक्जेटर विश्वविद्यालयका इरिका रोहन र पेरिम मिचेलमध्ये रोहनले टर्कीको र मिचेलले चीनको २००० वर्ष पुरानो बस्तीमा शौचालयको अध्ययन गरिरहेका छन् । अहिलेसम्म प्राप्त प्रमाणबाहेक उनीहरुले यसको अध्ययनमा आर्थिक अभाव भएको कुरा जोडेका छन् ।

शौचालय विकासको उतारचढाव

मध्यकालीन युरोपका मान्छेहरु कोपरामा दिसापिसाब गरेर सडकमा फाल्थे भन्ने कुरा द ब्रिटिस एसोसिएसन अफ युरोलोजिकल सर्जनले फल्स ट्वाइलेटको इतिहासबारे लेख्ने क्रममा उल्लेख गरेको छ । अहिले युरोपमा शौचालयको क्रान्ति भएर ट्वाइलेट पेपरसम्मको विकास भएको छ ।

यी दुई अवस्थाको बीचमा कसरी विकास भयो त ट्वाइलेटको इतिहास रु सन् १८६० मा थोमस क्र्यापरले पहिलोपल्ट फल्स ट्वाइलेटको डिजाइन गरे भन्ने कुरा युरोपको इतिहासमा पाउन सकिन्छ । त्यस्तै, एलिजावेथका नाति ह्यारिङटले आफ्नो कार्यकालमा फल्स ट्वाइलेटको विकास गरेका थिए । उनले विकास गरेको नयाँ प्रविधिमा शौचालयको मुनिबाट एउटा पाइप जोडेर अन्तै निकास गर्ने चलन थियो ।

सो प्रविधिको शौचालय उनले एउटा आफ्नो लागि र एउटा आफ्नी हजुरआमाको लागि तयार पारेका थिए । तर विडम्बनाको कुरा उनको सो प्रविधिलाई २०० वर्षसम्म पनि कसैले वास्तै गरेनन्।

युरोपमा १९ औं शताब्दीसम्म पनि शौचालयलाई त्यति व्यवस्थित बनाउन सकिएको थिएन । एउटै शौचालय १०० जनाभन्दा धेरैले प्रयोग गर्ने गरेका थिए । सो शौचालयको निकास नदीमा लगेर मिसाउने चलन सोही समयदेखि सुरु भयो ।

१८३० देखि ५० को दशकसम्म यसरी शौचालयको निकास नदीमा मिसाउँदा युरोपका मान्छेमा पानीको माध्यमबाट सर्ने अनेक किसिमको रोग सल्किन लाग्यो । सन् १८४८देखि बिस्तारै युरोपमा शौचालयलाई व्यवस्थित गराउँदै लैजान थालियो ।

अहिले नयाँ प्रविधिको रुपमा रहेको फस्लेवल भल्भहरु, शौचालयको लागि नै छुट्टै ट्यांक बनाएर पानी संकलन गर्ने प्रविधि, ट्वाइलेट पेपर आदिको विकास भयो । ट्वाइलेट पेपरको विकास भएको सन् १९०२ मा हो ।

पुरानो अप्रमाणित विषयलाई अहिले वास्ता नगर्ने हो भने यता नेपालमा भने आधुनिक शौचालयको विकास भने धेरैपछि भएको विश्वास गरिन्छ । ग्रामीण भेगमा त एक दशकअघिसम्म पनि धेरैको घरमा व्यवस्थित शौचालयको विकास नै भएको थिएन ।

शौचालय उक्त समाजको सभ्यताको परिचय दिने एउटा प्रदर्शनीस्थल पनि हो । त्यसैले त सफा सहरको रूपमा विश्वमा आफूलाई चिनाउनुपूर्व जापानले शौचालयलाई समेत आधुनिकीकरण गराउँदै लगेको थियो । तर शौचालयलाई व्यवस्थित र मर्यादित बनाउने चलन कहिलेदेखि सुरु भयो होला रु भन्ने प्रश्नमा इतिहासकारहरु अनुत्तरित छन् ।

आधुनिक शौचालयको विकासका लागि सामाजिक संरचना, स्थानीय समाज र संस्कृतिको प्रभाव हो भन्ने गरिएको छ । शौचालयको कुरा आउनेबित्तिकै शौचालयमा जोडिएको सेवा सुविधालाई धेरैले चासो दिन्छन् । तर शौचालयसँग जोडिएको केही गौण पक्षको बारेमा भने केही उल्लेख भएको पाइँदैन ।

काठमाडौंका शौचालयमा रहेका फोहोरको डंगुर सबैले देख्छन्, तर शौचालयमा लेखिएका ‘फोहोरी साहित्य’लाई सबैले देखेर पनि नदेखेको जस्तै गर्छन् । शौचालयमा नभएका सुविधाको बारेमा धेरै चर्चा हुन्छ तर पर्याप्त शौचालयको अभावमा भोगेका मान्छेको मानसिक समस्याको बारेमा कोही बोल्न चाहँदैनन् ।अनलाइन खबर

  • ८ मंसिर २०७७, सोमबार प्रकाशित

  • Nabintech