६ बैशाख २०८२, शनिबार

कोभिड–१९ रोकथाम तथा नियन्त्रण सम्बन्धी कोहलपुरमा सचेतना अभियान
  • न्युज मानसराेवर

कोहलपुर।कोहलपुर नगरपालिका मा कोभिड–१९ रोकथाम तथा नियन्त्रणका लागि सचेतना कार्यक्रमको आयोजना गरिएको छ। “कोरोना महामारी रोकथाम र नियन्त्रणमा हाम्रो प्रतिवद्धता, मास्क लगाउनु नै हो आजको आवश्यक” भन्ने नाराका साथ कोहलपुरमा आजदेखि कोभिड–१९ रोकथाम तथा नियन्त्रणका लागि सचेतना मुलक अभियान सुरु गरिएको हो ।

अभियानमा रेरी बाँके र कोहलपुर जेसीज वर्ष २०२१ को आयोजना, कोहलपुर नगरपालिका, ईलाका प्रहरी कार्यालय कोहलपुर, जिल्ला ट्राफिक प्रहरी कार्यालय बाँकेको समन्वय र कारितास नेपालको आर्थिक सहयोगमा कोहलपुरमा सचेतना अभियान संचालन गरिएको हो ।

  • १ भाद्र २०७८, मंगलवार प्रकाशित

  • Nabintech