बुटवल — नेकपा एमालेले लुम्बिनी प्रदेशको गठबन्धन सरकारमा सहभागी आफ्ना दुई सांसदलाई पदमुक्त गर्न पत्राचार गरेको छ ।कुलप्रसाद केसी नेतृत्वको सरकारमा सहभागी बिनाविभागीय मन्त्री अजय शाही र सांसद विमलाकुमारी खत्री ओलीलाई पदमुक्त गर्न मंगलबार प्रदेशसभामा पत्र बुझाइएको हो ।
एमालेको सूर्य चिह्न लिएर निर्वाचित शाही र ओलीले पार्टीको विधान, संसदीय दलको विधान, नियम र पार्टीको निर्देशनविपरीत गतिविधि गरेकाले पदमुक्त गर्न प्रदेशसभा सचिवालयलाई पत्राचार गरिएको एमाले मुख्य सचेतक भूमीश्वर ढकालले बताए । एमाले प्रमुख सचेतकसहितका सांसदहरूले आज सभामुख पूर्णबहादुर घर्तीलाई कारबाहीको पत्र बुझाएका छन् ।