कोहलपुर। कोहलपुर नगरपालिकामा कोरना संक्रमित संख्या सेन्चुरी नजिक पुगेको छ । कोहलपुर नगरपालिकामा आज २पुरुष ३ महिला सहित कोहलपुरमा कोरना संक्रमित संख्या कूल ९२ जना पुगेको हो। यसै गरी आज १ जना पुरुष संक्रमित मुक्त भएका छन। हिजो सम्म ८८ जना संक्रमित थिए। पछिल्लो समय कोहलपुरमा कोरना संक्रमित संख्या बृद्धि भइरहेको छ भने संक्रमित मुक्त हुने सख्या न्यून रहेको छ । कोहलपुर नगरपालिकाले पछिल्लो समय कोरना परिक्षण मात्र बढाएका कारण संक्रमित संख्या बृद्धि भइरहेको देखिन्छ। कोहलपुर नगरपालिका फोकल पर्सन गेहराज खनालले भनेका छन। खनालका अनुसार संक्रमित संख्या अझै थपिने हुँदा स्वास्थ्य मापदण्ड पालना गर्न आम नागरिलाई अपिल समेत गरेका छन।