२७ भाद्र २०८१, बिहीबार

कोरोना संक्रमणबाट ३३ जनाको मृत्यु, थपिए २ हजार ३२१ नयाँ संक्रमित
  • न्युज मानसराेवर

बाँके।नेपालमा  कोरोना संक्रमणबाट थप ३३ जनाको मृत्यु भएको छ।योसँगै नेपालमा कोरोनाबाट मृत्यु हुने‍को संख्या १० हजार ४२९ पुगेको
छ । छिल्लो २४ घण्टामा २ हजार ३२१ जनामा कोरोना भाइरस संक्रमण देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ११ हजार ९४६ पीसीआर परीक्षणमा बिहीबार थप २ हजार ३२१ जनामा संक्रमण पुष्टि भएको हो ।

यस्तै एन्टिजेन विधिद्वारा गरिएको ४ हजार ४९२ परीक्षणबाट ७५४ जनामा पोजिटिभ देखिएको छ । २४ घण्टामा पीसीआर र एन्टिजेन विधिबाट गरिएको १६ हजार ४३८ परीक्षणमा ३ हजार ७५ जनामा संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ । योसँगै नेपालमा कोरोना संक्रमण हुनेको संख्या ७ लाख ४२ हजार २२८ पुगेको छ ।

पछिल्लो २४ घण्टामा थप २ हजार १२६ जना संक्रमणमुक्त भएका छन् । हालसम्म नेपालमा कोरोनामुक्त हुनेको संख्या ६ लाख ९१ हजार २९९ छ ।

  • ३ भाद्र २०७८, बिहीबार प्रकाशित

  • Nabintech