काठमाडौँ। नयाँ दल दर्ताका लागि हस्ताक्षर सनाखत गर्न माधवकुमार नेपाल निर्वाचन आयोग पुगेका छन् ।
प्रस्तावित नेकपा (एकीकृत समाजवादी) पार्टीका अध्यक्ष नेपाल लगायतका नेताहरू हस्ताक्षर सनाखतका लागि निर्वाचन आयोग पुगेका हुन् ।
दुई दिनदेखि चन्द्रागिरीमा बसेका नेताहरू टुरिस्ट बस चढेर निर्वाचन आयोग पुगेका थिए ।
नेता नेपाल बेदुराम भुसालसँगै अग्रपंक्तिमा अगाडि बढेका थिए ।
नेपाल र भुसालसँगै रामकुमारी झाँक्री, प्रेम आले, विरोध खतिवडा, मेटमणि चौधरी लगायतका सांसदहरू पनि निर्वाचन आयोग पुगेका छन् ।