बाँके। बाँकेको जानकी गाउँपालिका अध्यक्ष रामनिवास यादवको मृत्यु भएको छ । मृगौलाले काम गर्न छोडेपछि यादवको मृत्यु भएको बुझिइएको छ। यादव नेकपा एमाले बाट स्थानीय तहको निर्वाचनमा जानकी गाउँपालिका अध्यक्ष निर्वाचित भएका थिए । नेकपा एमाले लुम्बिनी प्रदेश कमिटि सदस्य सगै पार्टी निकट लोकतान्त्रिक मदेशी संगठन का केन्दीय सदस्य समेत थिए यादव ।
यादवको मृत्युको खबरले सामाजिक संजालहरुमा श्रद्धाञ्जली दिनेहरु संख्या बढिरहेको छ। नेकपा एमाले बाँकेका अध्यक्ष सुर्य ढकालले विकास प्रेमि र पार्टीको इमान्दार योद्धाको मृत्युको खबरले स्तब्ध तुल्याएको बताएका छन। यादवको आजै १ बजे कोठार पुरमा अन्तिम श्रद्धाञ्जली तथा अन्तसेत्टि गरिने बताइएको छ।