बाँके बैजनाथ । राष्ट्रिय युवा संघ नेपाल बैजनाथ वडा नं.३ वडा कमिटिको आयोजनामा निशुल्क एक दिने आँखा शिविर सम्पन्न गरिएको छ ।
बैजनाथ वडा नं.३ वडा कमिटिको आयोजना संचालन गरिएको आँखा शिविरमा दुइ सय भन्दा बढी (बृद्धबृद्धा)जेष्ठ नागरिकले सेवा लिइएको राष्ट्रिय युवासंघ नेपालका जिल्ला सदस्य केशव रोकायाले जानकारी गराएका छन।
आँखा शिविरमा बोल्दै कार्यक्रमका प्रमुख अथिति राष्ट्रिय युवा संघ नेपाल बाँकेका अध्यक्ष तिलक वीर सुनारले युवाहरु सधै सृजनशिल हुन आवश्यक रहेको बताए ।
सुुनारले युवा शक्ति सबै एक हुन आजको आवश्यकता भएको बताउदै आँखा शिविरको आयोजनामा क्रियाशिल हुने सबैलाई धन्यवाद व्यक्त गरेका थिए । आँखा शिविरको अध्यक्षता राष्ट्रिय यवा संघ नेपाल बैजनाथ वडा नं.३ का अध्यक्ष हेमराज जैसीले गरेको थिए ।
यसै गरी कार्यक्रममा राष्ट्रिय युवा संघ नेपाल बैजनाथ गाउँपालिका स्तरीय इञ्चार्ज राज कुमार ढकाल लगाएत नेकपा एमालेका नेता तथा कार्यकर्ताहरुको सहभागिता रहेको थियो ।
आँखा शिविरको प्राविधिक सहयोग कोहलपुर आँखा उपचार केन्द्रले गरेको थियो ।