बाँके। नेपाल पर्यटन बोर्डका कार्यकारी प्रमुख डा. धनन्जय रेग्मीले पश्चिम नेपालको हरेक क्षेत्र पर्यटकिय क्षेत्र र हरेक समयलाई पर्यटकको उपयुक्त समय बनाउन सक्नुपर्नेमा जोड दिएका छन् । बाँके राष्ट्रिय निकुञ्जले शनिवार नेपालगञ्जमा आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा उनले यस्तो बताएका हुन् ।
सो कार्यक्रममा बोल्दै कार्यकारी प्रमुख डा. रेग्मीले यहाँका सेवा प्रदायकहरुले आफ्नो सेवामा गुणस्तरका साथै सेवा विस्तारमा समेत ध्यान दिन जरुरी रहेको सुझाव दिए । उनले भारतीय पर्यटक भित्र्याउन विभिन्न खालका प्याकेजहरु ल्याउनुपर्नेमा जोडदिदैं नेपाल भारत सिमानामा हुने विभिन्न असहयोगका कारण बाह्य पर्यटक नेपाल आउन गाह्रो मान्ने गरेको समेत ठोकुवा गरे ।
यस्तै सोही कार्यक्रममा नेपालगञ्ज उपमहानगरका प्रमुख डा. धवल शम्शेर राणाले नेपालमा भित्रिने बाहिरी पर्यटकलाई आउन सहज वातावरण नभएको कारण नेपालको पर्यटकिय क्षेत्र फस्टाउन नसकेको बताए ।
उनले प्रचार प्रसार हुन नसक्दा बाँके राष्ट्रिय निकुञ्ज हेर्न आउने पर्यटकको संख्या बढ्न नसकेको कुरामा जोड दिदै रंगको आधारमा विभेद हुने गरेको गुनासो गर्दै भने–‘ यहाँ अन्य देशबाट आएका लाई मात्र पर्यटक भन्छि तर, अलिकति प्रवेशमा सहज हुनेहो भने भारतबाट लर्कोका लर्को पर्यटक भित्र्याउन सकिन्छ तर उनीहरुलाई प्रवेशद्वारमै सुरक्षा जाँचका नाममा बिभिन्न झमेला लगाईन्छ अनि किन आउछन ।’ उनले स्थानीय सरकारको तर्फबाट दिनुपर्ने बाताबरण र सुविधा आफु दिन तयार रहेको प्रतिबद्ध समेत जनाए ।
बाँके राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत श्यामकुमार शाहले निकुञ्ज घुम्न आउनेहरुले प्रशस्त बन्यजन्तु, प्राकृतिक शौन्दर्यताका साथै स्थानीय संस्कृति हेर्न, विभिन्न परिकारको स्वाद लिन, हात्ती र जिप सफारी तथा ¥याफ्टिङ गर्न सकिने ब्यवस्था भए पनि प्रचार हुन नसक्दा निकुञ्ज ओझेलमा परेको बताए ।
निकुञ्जले पर्याप्त पूर्वाधारको व्यवस्था गरी पर्यटक भित्र्याउन अगैया क्षेत्रको राप्ती नदीमा बोटिङ, सूर्यास्त अवलोकन टावर र न्याफटिङको व्यवस्थाका लागि अध्ययन भएको र त्यसका लागि स्थानीयलाई विभिन्न सीपमूलक तालिम सञ्चालन सुरु गरिएको छ । त्यस्तै ओभरी नजिकैका क्षेत्रमा जंगल ड्राइभ र पैदल यात्राको प्याकेज निर्माण गरिएको जनाएको छ ।
निकुन्जले आयोजना गरेको कार्यक्रममा बाँके बर्दियाका पर्यटन क्षेत्रमा काम गर्ने सरोकारवालाहरुको उपस्थिति रहेको कार्यक्रममा राष्ट्रिय प्रकृति कोषका डा. रबिन कडरिया, नाटाका अच्युत गुरागाई, कोहलपुर नगर प्रमुख लुटबहादुर रावत, बैजनाथका मानबहादुर रुचाल, राप्तीसोनारीका लाहुराम थारु, लगायतले पर्यटन विकासका लागि आ–आफ्नो तर्फबाट आवश्यक सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका
थिए ।