१३ बैशाख २०८२, शनिबार

पछिल्लो २४ घण्टामा १ हजार ८४६ जना कोरोना संक्रमणमुक्त
  • न्युज मानसराेवर

बाँके। पछिल्लो २४ घण्टामा थप १ हजार ८४६ जना संक्रमणमुक्त भएका छन्।

बिहीबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार हालसम्म नेपालमा कोरोना संक्रमणमुक्त हुनेको संख्या ७ लाख २१ हजार १८२ पुगेको छ।

पछिल्लो २४ घण्टामा थप १ हजार ६१९ जनामा कोरोना भाइरस संक्रमण देखिएको छ। योसँगै नेपालमा कोरोना संक्रमण हुनेको संख्या ७ लाख ६५ हजार ९१४ पुगेको मन्त्रालयले जनाएको छ।

कोरोना संक्रमणबाट थप १६ जनाको मृत्यु भएको छ। योसँगै नेपालमा कोरोनाबाट मृत्यु हुने‍को संख्या १० हजार ७८६ पुगेको छ।

  • १७ भाद्र २०७८, बिहीबार प्रकाशित

  • Nabintech