६ बैशाख २०८२, शनिबार

पाण्डे स्याकको अध्यक्षमा पुनः सर्वसम्मत्
  • न्युज मानसराेवर

बाँके: सामाजिक सचेतन सरोकार मन्च (स्याक नेपाल) बाँकेले अध्यक्षमा पुनः शिवलाल पाण्डेको नेतृत्वमा ९ सदस्यीय समिति  सर्वसम्मत् चयन भएकाे छ ।

संस्थाको मंगलबार नेपालगन्जमा २७औ साधारणसभाबाट अध्यक्ष पाण्डे, उपाध्यक्ष सरस्वती बुढा, सचिव भद्री क्षेत्री, सहसचिव विष्णु अधिकारी र कोषाध्यक्ष चन्द्रराज गिरी निर्वाचित भएका हुन् ।

त्यसैगरी सदस्यहरुमा कल्पना अधिकारी, कैलाश श्रेष्ठ, काजल खान र वसन्ती परियार सदस्य निर्वाचित भएका हुन् ।

संस्थाका अध्यक्ष शिवलाल पाण्डेको अध्यक्षतामा सम्पन्न साधारणसभामा जिसस बाँके प्रमुख अजयकुमार श्रीवास्तव, राष्ट्रिय मानव अधिकार आयोगका अधिकृत रमेश रावत, गैसस महासंघ बाँकेका अध्यक्ष नमस्कार शाह, गेरुवा ग्रामीण जागरण संघका अध्यक्ष कृष्णजंग शाह, नेपाल युवा परिषद लुम्बिनी प्रदेशका संयोजक सोम गुरुङ्गलगायतले साधारण सभाको शुभकामना दिएका थिए । मेराेखुसि

  • २२ भाद्र २०७८, मंगलवार प्रकाशित

  • Nabintech