दैलेख । दैलेखमा ग्यास र पेट्रोल भएको पुष्टि भएको छ ।
नेपाल र चीन सरकारबीच भएको सम्झौताअनुसार पेट्रोलियम पदार्थको अन्वेषणका लागि गरिएको सेस्मिक सर्भेको प्रतिवेदनले दैलेखमा ग्यास र पेट्रोल भएको पुष्टि गरेको हो ।
चिनियाँ प्राविधिक टोलीले खानी तथा भूगर्भ विभागलाई पठाएको प्रतिवेदनमा दैलेखमा ग्यास र पेट्रोल भएको पुष्टि गरेका हुन।