कोहलपुर। कोहलपुर नगरपालिका वडा न ८ मा विन्ध्यावासिनी युवा क्लबको भवन उद्घाटन गरिएको छ ।
क्लबको भवन उद्घाटन वडा अध्यक्ष रेशम बहादुर खत्रीले रिबन काटी गरेका थिए ।
उद्घाटन कार्यक्रममा आफ्नो धारणा राख्दै अध्यक्ष खत्रीले युवा शक्ति एकृकीत हुन आवश्यक रहेको बताए ।
युवा शक्ति एकृकीत रहे सबै कुरा सम्भव हुने बताउदै युवा क्लबले आउँदा दिनहरुमा समाजिक जागरण तथा सामाजिक कुरुती विरुद्ध सशक्त्त प्रतिवाद गर्ने अपेक्षा लिएको बताए ।
उद्घाटन कार्यक्रममा कोहलपुर नगरपालिका विधायन समिति संयोजक भिम नेपाली स्थानीय समाजसेविको सहभागिता रहेको थियो ।
कोहलपुर नगरपालिकाको आर्थिक सहयोगमा १० दुर जमिनमा युवा क्लबको भवन निमार्ण गरिएको हो ।
नगरपालिकाको कूल चार लाख ८२ हजार रकममा क्लबको एक कोठे भवन तथा टस्ट निमार्ण गरिएको विन्ध्यावासिनी युवा क्लबको अध्यक्ष राजेन्द्र ट्मटाले जानकारी गराएका छन।
२०७७ सालमा विन्यावासिनी युवा क्लब दर्ता गरिएको थियो । हाल युवा क्लबमा ११ सदस्य कार्यसमिति रहेको छ।
विन्ध्यावासिनी युवा क्लबको आयोजना तथा वडा कार्यालयको समन्वयमा तिज विशेष कार्यक्रम समेत आयोजना गरिएको ट्मटाले जानकारी गराएका छन।