बाँके बैजनाथ। बैजनाथ गाउँपालिका वडा न ६ बाल विवाह मुक्त गर्ने योजना सरोकारवाला विच राखेको छ ।
राष्ट्रिय बाल दिवसको अवसरमा स्याक नेपालको आर्थिक सहयोग तथा ६ न वडा कार्यालयको आयोजनामा सरोकार वाला विचको अन्तर संवादमा वडा लाई आवश्यक संवेक्षण (वेस लाईन) सर्वे गरि बाल विवाह मुक्त घोषणा गर्ने बैजनाथ गाउँपालिका वडा न ६ का अध्यक्ष भद्र बहादुर बस्नेतले कार्यक्रममा भनेका छन।
बैजनाथ गाउँपालिका उपाध्यक्ष शारदा रेग्मी विकले वालबालिकाहरुको भविष्य सुनिश्चित गर्न पहिला वालविवाह अत्य हुन आवस्यक रहेको बताइन । बैजनाथ गाउँपालिका लाई समउन्त गाउँपालिका निर्माण बनाउन सबैका उत्तरदायी भुमिका आवश्यक छ विकले भनिन।
स्याक नेपालका अध्यक्ष शिवलाल पाण्डे ,शिक्षक ,राजनितिक दल महिला स्वास्थ्य स्यमसेविका वडा स्तरीय बाल क्लब लगाएत सरोकारवालाहरूले बाल विवाह मुक्त वडा घोषणाका लागि आवश्यक सुझाव दिएका थिए ।
बाल विवाह अत्य वडा घोषणा असोज १५ भित्र गर्ने योजना रहेका स्याक नेपाल सामाजिक परिचालिका बविता शाहले जानकारी गराईन।