२४ फाल्गुन २०८२, आईतवार

शिक्षक बीसीको हत्याको कारण व्यक्तिगत रिसइबी
  • न्युज मानसराेवर

सुर्खेत– दैलेखको मालिका माध्यमिक विद्यालयका शिक्षक नगेन्द्रकुमार बीसीको हत्या गरेको आरोपमा २५ वर्षीया मुना राना पक्राउ परेकी छन्। प्रहरीले उनलाई बुधबार सार्वजनिक गरेको हो।

गुराँस गाउँपालिका–८ छोटेपोखरीकी २५ वर्षीया मुना रानाले व्यक्तिगत रिसइबीका कारण शिक्षकको हत्या गरेको बयान दिएको दैलेख प्रहरीले जनाएको छ। प्रहरीका अनुसार रानाले शिक्षकको हत्या आफैंले गरेको स्वीकार गरिसकेकी छन्। उनी डम्बर खड्काकी पत्नी हुन्। उनलाई अदालतबाट म्याद थप गरी अनुसन्धान गरिरहेको दैलेखका डीएसपी अनुपम श्रेष्ठले जानकारी दिए।

  • ३० भाद्र २०७८, बुधबार प्रकाशित

  • Nabintech