बैजनाथ। बाँकेको बैजनाथ गाउँपालिकामा आईतबार नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) को पार्टी कार्यालय स्थापना गरीएको छ । संबिधान दिवसको अवसर पारेर बैजनाथ गाउँपालिकास्५ बनकटुवामा माओवादी केन्द्रको कार्यालय स्थापना गरीएको हो ।
नेकपा माओवादी केन्द्र लुम्बिनी प्रदेश कमिटी सदस्य एवं बैजनाथ गाउँपालिका ईन्चार्ज नरेन्द्र पान्डे (जेम्स) ले औपचारीक कार्यक्रमका बिच पार्टी कार्यालयको उद्घाटन गरेका थिए ।
कार्यालयको उद्घाटन गर्दै प्रमुख अतिथी जेम्सले बैजनाथमा माओवादी केन्द्रको पार्टी पंक्ति र जनबर्गिय संगठन बिस्तार अभियानलाई तिब्रता दिन अनुरोध समेत गरेका थिए। कार्यक्रममा नेकपा माओवादी केन्द्र निकट नेता कार्यककर्ताहरुको सहभागिता रहेको थियो ।