बाँके। सरकारले आजदेखि कोरोना भाइरसविरुद्ध भेरोसेल खोपको पहिलो मात्रा लगाउने कार्यक्रम शुरू गर्दैछ ।
११ गतेसम्म निरन्तर लगाइने यस खोप १८ वर्षमाथिका खोप लगाउन छुटेका नागरिकलाई दिइनेछ ।
अहिले पहिलो मात्रा लगाएकालाई दोस्रो मात्रा खोप कात्तिक ४ देखि १४ गतेसम्म पुनः लगाइने स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जानकारी दिएको छ ।
मन्त्रालयका अनुसार सोलुखुम्बु, ताप्लेजुङ, संखुवासभा, जुम्ला, मुगु, हुम्ला, डोल्पा, दार्चुला, बाजुरा र रसुवामा १८ वर्षमाथि उमेर समूहकाले भेरोसेल खोप लगाउन पाउनेछन्। सरकारले बागमती प्रदेशका चितवन र काभ्रेमा ३५ वर्ष उमेरमाथिकालाई पनि खोप लगाउने भएको छ।
साथै १८ वर्षमाथिका विद्यार्थीलाई पनि खोप दिइनेछ। काठमाडौं उपत्यकाभित्रका तीनवटै जिल्ला, रामेछाप, मकवानपुर, सर्लाही र अछामका ४० वर्ष उमेर समूहका नागरिकलाई पनि कोभिडविरूद्ध खोप दिने सरकारको तयारी छ।