७ बैशाख २०८२, आईतवार

टाटा मोटर्सको कार शोरुम नेपालगञ्जमा
  • न्युज मानसराेवर

बाँके। भारतको सवैभन्दा ठुलो अटोमोबाईल कम्पनी टाटा मोटर्सले आफ्नो महत्वपुर्ण शोरुम नेपालगञ्जस्थित सिप्रदीको आधिकारिक डिलर रुद्र प्रिया इन्टरनेशनलका प्रा.लि.को उद्‍घाटनबाट शुरू भएको छ।

टाटा मोटर्सको एक मात्र आधिकारीक वितरक सिप्रदी ट्रेडिङ्ग प्रा.लि.ले आफनो महत्वपुर्ण ग्राहकहरुको लागि आधुनिक तथा सुविधा सम्पन्न शोरुम तथा विक्री सेवा सुविधा केन्द्रको नेपालगञ्जमा उद्घाटनबाट शुरु गरेको छ ।

टाटा मोटर्स र सिप्रदी ट्रेडिङ्ग प्रा.लि. को प्रतिबद्धता अनुसार आफनो संजाल नेपालभरी फैलाउने क्रममा उक्त सेवा सुविधा केन्द्रको रुपमा खोलिएको जानकारी प्राप्त भएको छ ।

सामाजिक दुरीको ख्याल गर्दै विशेष कार्यक्रम मार्फत प्रमुखअतिथिका रुपमा टाटा मोटर्स का तर्फबाट अजित सिंह, सिप्रदीका तर्फबाट उपाध्यक्ष शौरभ राज थपलिया थिए भने, विशेष अतिथिका रुपमा नेपालगन्जका मेयर डा धवल शमशेर राना, सीडीओ शिव राम गेलाल, वाणिज्य संघका अध्यक्ष अब्दुल वाहिद अन्सारी, एसपी श्याम कृष्ण अधिकारी, आन्तरिक राजस्व विभागका प्रमुख अधिकारी शरद पौडेल, नेपालगन्ज यातायात कार्यालयका प्रमुख अधिकारी पूर्ण खत्रीका साथै सिप्रदी र रुद्र प्रिया इन्टरनेशनल प्रा.लि.का कर्मचारीहरुको उपस्थिति थियो।

उक्त कार शोरूममा टाटा मोटर्सका नयाँ बिएस ६ का सम्पूर्ण गाडीहरु उपलब्ध हुनुका साथै टेस्ट ड्राइभको पनि सुविधा हुनेछ।  र हालै मात्र दशैंतिहार लक्षित नयाँ गाडीहरु खरिद गर्दा विभिन्न उपहार योजनामा सहभागी हुने अवसर प्राप्त हुनेछ।

  • ५ आश्विन २०७८, मंगलवार प्रकाशित

  • Nabintech