बाँके। भारतबाट भन्सार छलेर अवैध रुपमा नेपाल ल्याउदै गरेको करिव पौने ३ लाख रुपैयाँ बराबरको समान बाँके प्रहरीले नियन्त्रणमा लिएर नेपालगञ्ज भन्सारमा बुझाइएको छ ।
नेपालगञ्ज उपमहानगरपालिका वडा नम्बर १४ बाट अवैध रुपमा नेपाल भित्र्याएका लत्ताकपडा, चिनी र हार्डवेयर लगायतका विभिन्न समानहरु सोमबार बाँके प्रहरीले नियन्त्रणमा लिएको हो ।
जिल्ला प्रहरी कार्यालय बाँकेबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएको सो सामाग्रीहरु २ लाख ८६ हजार ७ सय ५० रुपैयाँ रहेको प्रहरीले जनाएको छ ।