७ बैशाख २०८२, आईतवार

विदुर नीति : के हो जीवनको ६ सुख ?
  • न्युज मानसराेवर

कति प्रयास गर्दा पनि काममा सफलता मिलिरहेको हुँदैन, परिवारमा सुखसयल हुँदैन, जीवन स्वस्थ्य हुँदैन, साथीभाईको सम्बन्ध दिगो
हुँदैन । किन ? यसको जवाफ सदियौंदेखि खोजिदै आएको छ । साथै विद्वानहरुले यस्ता समस्याका जड फेला पारेका छन् । त्यती मात्र होइन, उनीहरुले त्यस्ता समस्याबाट उम्कने माध्याम पनि बताएका छन् ।

चाहे विदुर नीतिको कुरा गरौं, वा चाणक्य नीतिको । यी सबैले हाम्रो समस्याको सहि निकास खोज्न सघाउँछ । जीवन र जगतलाई बुझ्ने चेतना दिन्छ ।

महाभारतको कथामा पढिने महत्वपूर्ण पात्र हुन्, विदुर । उनी हस्तिनापुर राज्यको शीर्ष स्तम्भ मानिन्छ । अत्यान्तै नीतिपूर्ण र न्यायोचित सल्लाह दिने व्यक्तिको रुपमा विदुरलाई चित्रित गरिएको छ । कौरव–पाण्डवको युद्धलाई रोक्न उनले अनेक यत्न गरेका थिए ।

उनी जे सल्लाह दिन्थे, त्यसमा सम्पूर्ण मानव जातिको भलाईको रहस्या लुकेको हुन्थ्यो । उनको त्यही सल्लाहलाई ‘विदुर नीति’को रुपमा बुझिन्छ ।

-यी ६ सुख हुन्, निरोगी हुनु, ऋणी नहुनु, परदेशमा नरहनु, राम्रो साथीको संगत हुनु, आफ्नो बुद्धिविवेकले जीविका चलाउनु र निडर हुनु ।

– यी ८ ले ख्याती बढाउँछ, बुद्धि, कुलीनता, इन्द्रियनिग्रह, शास्त्रज्ञान, पराक्रम, धेरै नबोल्ने, शक्ति अनुसार दान दिने र कृतज्ञता ।

-यी दुई कर्म गर्ने मान्छेलाई सधै सम्मान मिल्छ, एक कहिल्यै कठोर नबोल्ने र नराम्रो मान्छेलाई आदर नगर्ने ।

-यी दुई कुराले मान्छेलाई दुख दिन्छ, गरिब भएर पनि महंगो बस्तुको अपेक्षा गर्ने र कमजोर भएर पनि क्रोध बोक्ने ।

-यी दुई प्रकारका व्यक्तिले स्वर्गभन्दा माथि स्थान पाउँछन्, शक्तिशाली भएर पनि क्षमा दिने र गरिब भएर पनि दान दिने ।

– बुद्धिमान मानिसहरु दुर्लभ बस्तुको अपेक्षा गर्दैनन् । हराएको बस्तुमा शोक गर्दैनन् । तथा विपत्तिको घडीमा हडबडाउँदैनन् ।

-जो निर्भिक भएर कुरा गर्छ, जो राम्रो विषयमा कुरा गर्न सक्छ, तर्क वितर्कमा कुशल छ, प्रतिभाशाली र शास्त्रमा लेखिएको कुरा चाडै सम्झने क्षमता राख्छन्, उनीहरु बुद्धिमान हुन् ।

– बिना ज्ञान घमन्डले चुर हुने, दरिद्र भएर पनि ठूला–ठूला सुख चाहने, परिश्रम विना धनवान बन्न इ्रच्छा राख्ने व्यक्ति मूर्ख हुन् ।

– तन्द्रा, निन्द्रा, भय, क्रोध, आलस्य र प्रमाद । यी छ दोष त्याग्न सक्नेले मात्र आफ्नो र जगतको कल्याण वा उन्नती गर्न सक्छ ।

-कसैले क्षमा गर्छ भने त्यसलाई कमजोरी ठान्नु हुँदैन । निश्चय नै क्षमामा बल हुन्छ । क्षमा निर्बल मानिसको गुण हो र बलवानको आभूषण हो ।

-काम (यौनवासना), क्रोध र लोभ यी तीन दोष नर्कको मार्ग हो । यी तीन कुराले आत्मालाई नष्ट गर्छ । त्यसैले यसबाट टाढा रहनुपर्छ ।

-इर्ष्यालु , अरुलाई घृणा गर्ने, असन्तुष्ट, क्रोधी, शंकालु र अरुप्रति आश्रित व्यक्ति सधै दुखी हुन्छ ।

-साथीसँगको मेलमिलाप, धन आर्जन, पुत्रको आलिंगन, मैथुनमा प्रवृत्ति, सहि समयमा प्रिय बचन बोल्नु, आफ्नो वर्गमा उन्नुती गर्नु, समाजबाट सम्मान सुखी जीवनको सूत्र हुन् ।

– यी व्यक्ति धर्म जान्दैनन्, नसामा लट्ठीएका, असावधान, पागल, थाकेका, भोको, धपेडीमा रहेका, लोभी, त्रसित व्यक्ति ।

  • १० आश्विन २०७८, आईतवार प्रकाशित

  • Nabintech