१४ बैशाख २०८२, आईतवार

आजको मौसम : देशका केही स्थानमा वर्षाको सम्भावना
  • न्युज मानसराेवर

बाँके। अहिले देशका अधिकांश स्थानमा आंशिकदेखि सामान्य बदली रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ। हाल गण्डकी, लुम्बिनी तथा कर्णाली प्रदेशका केही स्थानमा सामान्य वर्षा भइरहेको विभागको भनाइ छ।

आज दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रही अपराह्नतिर केही स्थानमा मेघ गर्जनसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।

विभागका अनुसार आज राति देशभर आंशिकदेखि सामान्य बदली रही थोरै स्थानमा वर्षाको सम्भावना रहेको छ।

वर्षासँगै केही पहाडी भू–भागमा पहिरो तथा गेग्रान बहावको जोखिम रहेको छ। नदीनाला र खहरे खोलामा पानीको सतह बढ्न सक्ने भएकाले सतर्क रहनसमेत विभागले आग्रह गरेको छ।

  • १० आश्विन २०७८, आईतवार प्रकाशित

  • Nabintech