२४ जेष्ठ २०८२, शुक्रबार

कर्णालीमा चामल अभाव, नेपालगन्जस्थित खाद्यद्धारा ८७११ क्विन्टल चामल बिक्री
  • न्युज मानसराेवर

बाँके। कर्णाली प्रदेशका हिमाली जिल्लामा दसैंको मुखमा चामलको अभाव भइरहेको समाचार सार्वजनिक भइरहेका बेला नेपालगन्जस्थित खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले चालु आर्थिक बर्षमा ८ हजार ७ सय ११ क्विन्टल चामल बिक्री गरेको छ ।

गत आर्थिक बर्षमा खरिद गरेको धानको चामल चालु आर्थिक बर्षमा कर्णाली र लुम्बिनी प्रदेशको बिभिन्न जिल्लामा बिक्रिका लागि निर्यात गरिएको खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड नेपालगन्जका प्रमुख रामबहादुर बिष्टले बताए ।

कर्णाली र लुम्बिनीको बिभिन्न पहाडी जिल्लामा रहेको कम्पनीको २४ वटा शाखा, डिपो र बिक्रि केन्द्रबाट चामल बितरण भैरहेको उनले जनाए । गत बर्षमा कम्पनीले ४७ हजार ८ सय २ क्विन्टल ७७ किलो धान खरिद गरेको  थियो ।

जसमा मोटा धान १६ हजार ३ सय ७२ क्वीन्टल २७ किलो र मध्यम धान ३१ हजार ४ सय ४० क्विन्टल धान खरिद गरेको थियो । खरिद गरेको धान हाल कुटानी भैरहेको छ । २० हजार क्विन्टल धान कुटानी हुन बाँकी रहेको कम्पनीका प्रमुख बिष्टले जनाए । चामलको माग भैरहेकाले दैनिक ३ देखि ४ सय क्वीन्टल धान कुटानी भैरहेको छ ।

धान कुटानीका लागि टेन्डर पारेको जय गुरु राईस मिल झापाले धान कुटानी गरिरहेको छ । खरिद गरिएको सबै धान कुटानी भैसकेपछि करिब ३३ हजार क्वीन्टल चामल निस्किने कार्यालयले जनाएको छ ।

कम्पनीले गत बर्ष मोटा धान २ हजार ७ सय ३५ र माध्यम धान २ हजार ८ सय ८५ मा प्रति क्विन्टल धान खरिद गरेको थियो । कम्पनीले नेपालगन्ज कारकादो स्थित कार्यालय परिसरमा गत बर्षको मंसिर ७ गते देखि फागुनसम्म कूपन प्रणालीबाट धान खरिद गरेको थियो ।

खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड नेपालगन्जले कर्णाली र लुम्बिनी प्रदेशको पहाडी जिल्लामा खाद्यको माग पुर्ति गर्नका लागि प्रत्येक बर्ष धान खरिद गरेर चामल आपुर्ति गर्दै आएको छ ।

कम्पनीले बाँके र बर्दियामा उत्पादन भएको धान खरिद गरेर चामल आपुर्ति गर्दै आएको छ । यसले कर्णाली र लुम्बिनी प्रदेशको पहाडी जिल्लाको खाद्य संकट टार्दै आएको छ । दस्ताबेज

  • १० आश्विन २०७८, आईतवार प्रकाशित

  • Nabintech