बाँके। मंगलबार देशभर १ हजार १५८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। १४ हजार ३ जनाको परीक्षण गर्दा सो संख्यामा संक्रमण पुष्टि भएको हो।
मन्त्रालयका अनुसार २४ घण्टामा १ हजार ३१८ जना कोरोना मुक्त भएका छन्। त्यसैगरी कोरोनाबाट १२ जनाको मृत्यु भएको छ। हालसम्म नेपालमा ७ लाख ६३ हजार ७३४ जना संक्रमणमुक्त भएका छन् भने ११ हजार ११५ जना कोराना संक्रमितको मृत्यु भएको छ।










