२९ भाद्र २०८१, शनिबार

बाँकेमा परीक्षणकालीन लाइसेन्स वितरण शुरु
  • न्युज मानसराेवर

बाँके। बाँकेमा मंगलबारदेखी विधिवत रुपमा परीक्षणकालीन लाइसेन्स वितरण कार्य शुरु भएको छ । यातायात व्यवस्था विभागले २९ वर्षपछि यातायात व्यवस्था ऐन लागू गर्ने निर्णय गरेसँगै बाँके सहित देशका बिभिन्न भागमा सो निर्णय लागू भएको छ ।

जसअन्तर्गत सवारी तथा यातायात व्यवस्था ऐन २०४९ ले व्यवस्था गरेको परीक्षणकालीन चालक अनुमतिपत्र बाँकेमा पनि वितरण शुरु भएको हो । अब परिक्षणकालिन अनुमतीपत्र वितरण शुरु भएसँगै चिट बोकेर हिँड्नुपर्ने बाध्यता हटेको छ ।

परीक्षा पास गरेपछि १ वर्षसम्म परीक्षणकाल राखेर परीक्षणकालीन लाइसेन्स दिइने व्यवस्था गरिएको र यो अवधीमा ५ गल्ती गरेमा लाइसेन्स नै खारेज हुने यातायात व्यवस्था कार्यालयले जनाएको छ । चालकको सहजताका लागि परीक्षा पास गरेपछि यस्तो लाइसेन्स दिने व्यवस्था गरिएको हो ।

मंगलबार एक कार्यक्रमका बिच बाँकेका प्रमुख जिल्ला अधिकारी शिवराम गेलालले सेवाग्राहीहरुलाई परिक्षणकालीन लाईसेन्स वितरण गरेर उक्त कार्यको सुरुवात गरेका हुन ।

  • १३ आश्विन २०७८, बुधबार प्रकाशित

  • Nabintech