२२ बैशाख २०८२, सोमबार

खजुरा क्यान्सर अस्पतालमा पहिलो पटक नाकको मेजर सर्जरी
  • न्युज मानसराेवर

बाँके।  बाँकेको खजुरास्थित सुशील कोइराला प्रखर क्यान्सर अस्पतालले नाकको मेजर सर्जरी गरेको छ । अस्पतालले विशिष्टिकृत सेवा दिनेक्रममा बिहीवार पहिलो पटक १३ वर्षीय बालकको नाकको मेजर सर्जरी गरेको हो ।

बढैयाताल गाउँपालिका–१ डाँफे बर्दियाका १३ वर्षीय अविनय सुनारको नाकको सफलतापूर्वक शल्यक्रिया गरिएको अस्पतालका निर्देशक डा. कृष्णप्रसाद आर्चायले जानकारी दिए ।

ती बालकको नाकको हड्डी बांगिएको थियो । चिकित्सकिय भाषामा यसलाई (डिएनएस डिभिएटेम नसल सेप्टम) भनिन्छ । इएन्टी सर्जन डा. रवि स्वाँर र डा आनन्द कर्णलगायतको विशेषज्ञ टीमले सफलतापूर्वक शल्यक्रिया गरेको हो । यसअघि घाटीको पनि मेजर सर्जरी गरिएको थियो ।

घण्टीमा प्वाल परेको अवस्थामा अस्पताल आएका ती बिरामीको सफलतापूर्वक शल्यक्रिया गरिएको अस्पतालले जनाएको छ ।

  • १४ आश्विन २०७८, बिहीबार प्रकाशित

  • Nabintech