६ बैशाख २०८२, शनिबार

राष्ट्रिय भूमि अधिकार मञ्चको आयोजना विश्व अहिंसा दिवस नेपालगञ्जमा मनाईयो
  • न्युज मानसराेवर

बाँके। राष्ट्रिय भुमि अधिकार मञ्च बाँकेले विश्व अहिंशा दिवसको अवसर पारेर नेपालगञ्जमा शान्ति प्रर्दशन गरेको छ । नेपालगञ्जको गणेशमान चोकबाट सुरु भएको सो शान्ति प्रदर्शनी चारबाहीनी रोड, भेरी अस्पताल रोड हुँदै जिल्ला प्रशाशन कार्यालय बाँकेको गेटमा पुगेर कोणसभामा परिणत भएको थियो ।

सो कोण सभालाई भूमि अधिकारकर्मीहरुले सम्बोधन गरेका थिए । कोण सभालाई राष्ट्रिय भुमि अधिकार मञ्चका केन्द्रीय सदस्य जसविर वडले भूमि हिनका समस्यालाई राज्यले यथाशिघ्र सम्बोधन गरोस भनेर आफुहरुले विश्व अहिंसात्मक दिवस मनाईएको बताए ।

उनले अहिले पनि जमिन्दारको सानो उजुरीको भरमा राज्यले ऐलानी जमिनमा बसेकालाई उठीबास लगाउने कार्य गरेको बताउदै त्यस्तो कार्य नगर्न ध्यानाकर्षण गराउने गरी शान्ति प्रदर्शन सहित कोण सभा गरिएको बताए ।

राज्यले नागरिकलाई दिनु पर्ने अधिकार मध्येको भूमिमाथिको स्वामित्वको अधिकार पनि एक भएको प्रसंग उल्लेख गर्दै भूमी अधिकार मञ्च बाँकेकी अध्यक्ष तारादेवी हरिजनले अझैपनि राज्यले भूमिहीन माथि दमन गर्न नछाडेको बताईन । उनले भूमिहीनले ऐलानी जमिनमाथि बनाएको छाप्रो हटाउन डोजर लगाउनु निन्दनिय कार्य भएको बताउदै त्यस्ता कार्यको बिरोध गर्न आफुहरु अहिसात्मक आन्दोलन छेड्ने चेतावनी समेत दिईन ।

कार्यक्रममा भूमि आयोग अधिकारकर्मी बनिलाल चौधरीलगायतले भूमिहीनको समस्यालाई राज्यसंग उजागर गर्नको लागि आफुहरु निरन्तर अंिहसात्मक बाटो अपनाएको बताएका थिए ।

  • १६ आश्विन २०७८, शनिबार प्रकाशित

  • Nabintech