२३ बैशाख २०८२, मंगलवार

कोहलपुरमा संस्थापन इतर पक्षले घोषणा ग¥यो उम्मेद्वार
  • न्युज मानसराेवर

कोहलपुर। नेपाली काँग्रेस कोहलपुर नगरको संस्थापन इतर पक्षले पार्टीको आसन्न १४औँ महाधिवेशनका लागि उम्मेद्वार घोषणा गरेको छ ।

नेपाली काँग्रेसको १४ औं महाधिवेशनका लागि नेपाली काँग्रेसको इतर पक्षले कोहलपुर नगर कार्य समितिका विभिन्न पदहरुमा उम्मेद्वारी घोषणा गरेको हो।

नगरको संस्थापन इतर पक्षले कोहलपुरमा एक भेलाको आयोजना गरी नेपाली काँग्रेसको १४ औं महाधिवेशनका लागि नेपाली काँग्रेस नगरकार्य समितिको सभापति पदमा बिरेन्द्र कुमार शाह, उपसभापतिमा अंशु चौधरी र सचिवमा शुसिल सापकोटाको उम्मेद्वारी घोषणा गरिएको छ ।

अन्य बाँकी पदहरुमा उम्मेद्वारी घोषणा केहि दिन भित्र गर्ने तयार सो पक्षले  रहेको छ उम्मेदवार एक सदस्यले भने ।यसै गरी  संस्थापन इत पक्षले वडा सभापति र अन्य पदाधिकारीहरुको उम्मेदवारी  समेत भेला बाट घोषणा गरेको छ ।

नेपाली काँग्रेस कोहलपुर नगरपालिका वडा नं २ को वडा सभापतिमा बालकुमार शर्मा, वडा नं ३ को वडा सभापतिमा गणेश थापा, वडा नं ४ मा महेन्द्र थापा, वडा नं ५ मा अमृत श्रेष्ठ, वडा नं ६ मा रामकिसुन थारु, वडा नं ७ मा पतिराम थारु, वडा नं ८ मा बेल बहादुर बस्नेत, वडा नं ९ मा मान बहादुर राना, वडा नं।१० मा मेघनाथ भट्टराई, वडा नं ११ मा प्रताप देवकोटा, वडा नं १२ मा केश कुमारी वली, वडा नं १३मा कालि बहादुर वली र वडा नं १५ मा दिपेन्द्र थारुलाई वडा सभापति पदमा उम्मेद्वारी घोषणा गरिएको छ । वडा न १ र १४ मा अझै सभापतिको उम्मेदवारमा सहमति नभएको पाइएको छ । केही दिन भित्र उक्त वडाहरुमा समेत उम्मेदवारी घोषणा गरिने बताइएको छ ।

नेपाली काँग्रेस कोहलपुरको महाधिवेशनमा संस्थापन र संस्थापन इतर पक्ष गरी दुई टिम बिच  प्रतिस्पर्धा गर्ने छन। संस्थापन इतर पक्षले बिरेन्द्र शाहलाई घोषणा गरिसकेको छ भने संस्थापन पक्षले पनि केहि दिन भित्र उम्मेद्वारीहरुको नाम सार्वजनिक गर्ने  तयारी गरेको छ ।

नेपाली काँग्रेसको नीति र बिचारलाई जनताका बिचमा लिई पार्टीलाई आगामि निर्वाचनमा कोहलपुर क्षेत्रबाट जिताउनका लागि आफ्नो उम्मेद्वारी रहेको सभापति पदका उम्मेद्वार बिरेन्द्र कुमार शाहको दावि छ ।

सदस्यता विवादका कारण बाँकेको दशैं पछि नेपाली काँग्रेसले महाधिवेशन सरेको छ ।

 

  • १६ आश्विन २०७८, शनिबार प्रकाशित

  • Nabintech