२८ फाल्गुन २०८२, बिहीबार

बाँकेमा आइतवार ११ संक्रमित थपिए, ९ डिस्चार्ज
  • न्युज मानसराेवर

बाँके। बाँकेमा आइतवार थप ११ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । ६० नमुना परीक्षण गर्दा थप ११ जनामा भाइरस संक्रमण पुष्टि भएको हो ।

भेरी अस्पतालमा २५ नमुना परीक्षण गर्दा ८, मेडिकल कलेज कोहलपुरमा २० नमुना परीक्षण गर्दा २ र बागेश्वरी प्रयोगशालामा १ जनामा संक्रमण पुष्टि भएको हो । तीमध्ये बाँकेका ७ जना छन् । योसंगै बाँकेमा कुल संक्रमितको संख्या १८ हजार २३८ पुगेको छ ।

यस्तै आइतवार थप ९ जना डिस्चार्ज भएका छन् । योसँगै डिस्चार्ज हुनेको संख्या १७ हजार ८५३ पुगेको छ ।

  • १७ आश्विन २०७८, आईतवार प्रकाशित

  • Nabintech