७ बैशाख २०८२, आईतवार

पेट्रोलियम पदार्थको मूल्य अहिलेसम्मकै उच्च
  • न्युज मानसराेवर

बाँके। छिमेकी देश भारतमा पेट्रोलियम पदार्थको मूल्य अहिलेसम्मकै उच्च भएको छ । आइतवार मूल्य समायोजन गर्दै भारतले पेट्रोलमा २५ पैसा भारू र डिजेलमा ३० पैसा भारू वृद्धि गरेको छ । यससँगै दिल्लीमा पेट्रोल १ लिटरको मूल्य १०२.३९ भारू र मुम्बईमा १०८.४३ भारू पुगेको छ । डिजेल पनि आकाशिएको छ ।

दिल्लीमा डिजेलको मूल्य प्रतिलिटर ९०.७७ भारू र मुम्बईमा ९८.४८ भारू पुगेको टाइम्स अफ इन्डियाले जानकारी दिएको छ । भारतमा राज्यले लगाउने करलगायत कारण फरकफरक मूल्य पर्छ । भारतले क्रुड आयल खरीद गरी आपैm प्रशोधित गरी इन्धन विक्री गर्छ । भारतमा मूल्य बढ्दा नेपाल आयल निगमको नोक्सानीसमेत बढ्ने निगमको दाबी छ । आर्थिक अभियान दैनिकमा खबर छ ।

  • १८ आश्विन २०७८, सोमबार प्रकाशित

  • Nabintech