१५ श्रावण २०८२, बुधबार

अवैध सामान बरामद गरी भन्सार बुझाइयो
  • न्युज मानसराेवर

बाँके। भन्सार छली नेपालगञ्ज भित्र्याइएको अवैध सामान बाँके प्रहरीले बरामद गरेको छ । लुम्बिनी प्रदेश प्रहरी र बाँके प्रहरीको संयुक्त टोलीले नेपालगञ्ज वडा नं. १० बाट लत्ताकपडा, पास्ता, घण्टी, सुपारीलगायतको विभिन्न सामान बरामद गरेको हो ।

बरामद गरिएको २ लाख ९८ हजार ५० रुपैयाँको सामानलाई आवश्यक कारबाहीका लागि नेपालगञ्ज भन्सार कार्यालयमा बुझाइएको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ ।

  • २० आश्विन २०७८, बुधबार प्रकाशित

  • Nabintech