२९ असार २०८२, आईतवार

बाँकेमा १५ संक्रमित थपिए, ६ जना डिस्चार्ज
  • न्युज मानसराेवर

बाँके। बाँकेमा बुधवार थप १५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

८१ नमुना परीक्षण गर्दा थप १५ जनामा भाइरस संक्रमण पुष्टि भएको हो ।

भेरी अस्पतालमा ३९ नमुना परीक्षण गर्दा ९ र मेडिकल कलेज कोहलपुरमा ३६ नमुना परीक्षण गर्दा ६ जनामा संक्रमण पुष्टि भएको हो ।

तीमध्ये बाँकेका ९ जना छन् । योसंगै बाँकेमा कुल संक्रमितको संख्या १८ हजार २६९ पुगेको छ ।

यस्तै बुधवार थप ६ जना डिस्चार्ज भएका छन् । योसँगै डिस्चार्ज हुनेको संख्या १७ हजार ८७१ पुगेको छ ।

  • २० आश्विन २०७८, बुधबार प्रकाशित

  • Nabintech