बाँके बैजनाथ । बैजनाथ सामाजिक उद्यमी महिला सहकारी संस्थाले खसी काे बजारीकरण शुरू गरेकाे छ ।
बैजनाथ गाउँपालिकाकाे आर्थिक सहयोग र हेफर प्राेजेक्ट नेपाल उत्पिडित सामुदायिक विकास केन्द्र काे साझेदारीमा स्थापना गरिएको बैजनाथ सामाजिक उद्यमी महिला सहकारी संस्थाले दशै लक्षित खसीकाे बजारीकरण शुरू गरेकाे हाे ।
सहकारीले आज मात्र २ सय ४३ केजी १लाख ३० हजार ९६ रूपैयाकाे ताैल प्रणाली बाट खसी बिक्री वितरण शुरू गरेकाे बैजनाथ सामाजिक उद्यमी महिला सहकारी संस्था अध्यक्ष कल्पना थापा मगरले जानकारी गराईन ।
सहकारीले आफ्ना शेर सदस्यहरूले उत्पादन गरेका खसी बाख्रा तरकारीकाे बजारीकरण गर्ने लक्ष्य लिएकाे छ । सहकारी मार्फत यसरी बिक्री वितरण गरेकाे खण्डमा साना किसान महिलाहरूले उत्पादनमा आधारित प्रती केजी २५ रूपैयाँ अनुदान पाउने गरेका छन ।