१४ बैशाख २०८२, आईतवार

अनेरास्ववियुले सम्पन्न गर्यो शुभकामना आदान प्रदान कार्यक्रम
  • न्युज मानसराेवर

एमाले निकट अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन अनेरास्वबियु बाँकेले दशैं, दिपावली र छठलगायतका पर्बको उपलक्ष्यमा शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न गरेको छ ।

आज  घटस्थापनाको दिन बिहान ९ बजे एमाले बाँकेको कार्यालय परिसरमा अनेरास्ववियु बाँकेले सो कार्यक्रमको आयोजना गरेको  हो।

कार्यक्रममा अनेरास्ववियुका केन्द्रीय उपाध्यक्ष झपिन्द्र खत्री र केन्द्रीय सचिब सुर्य रोकाय  बाँके जिल्ला अध्यक्ष सचिव जिल्लाका पदाधिकारी विद्यार्थी नेता पार्टीका अग्रज नेता कार्यकर्ताहरुको सहभागितामा कार्यक्रम सम्पन्न गरिएको थियो ।  कार्यक्रममा सांस्कृतिक कार्यक्रमको आयोजना समेत गरिएको थियो ।

  • २१ आश्विन २०७८, बिहीबार प्रकाशित

  • Nabintech