बैजनाथ,बाँके। बैजनाथ गाउँपालिकालाई साक्षर घोषणा गरिएको छ ।
बैजनाथ गाउँपालिका अध्यक्ष मान बहादुर रुचालले गाउँपालिकालाई साक्षर घोषणा गरेका हुन।
कार्यक्रममा प्रमुख अथिति प्रमुख जिल्ला अधिकारी शिवराम गेलाल, जिल्ला शिक्षा समन्वन ईकाइ प्रमुख रामशुरेश यादव लगाएतको सहभागितामा गाउँपालिका साक्षर घोषणा गरिएको हो ।
कार्यक्रममा बैजनाथ गाउँपालिकाका भित्र संचालन भइरहेका ३६ सामुदायिक विद्यालय तथा नीजि विद्यालयका प्र.अ राजनितिक दलका प्रतिनिधि शिक्षक संगठनका प्रतिनिधि उद्योग बाणीज्य संघका प्रतिनिधि समाजसेवि लगाएतको सहभागिता रहेको थियो ।
बैजनाथ गाउँपालिका शिक्षा शाखा प्रमुख विश्वराज ढकालले कार्यक्रमको सहजीकरण गरेका थिए । सहजीकरणमा ढकालले सर्वे गर्दा ९५ प्रतिशत आए पछि घोषणा गर्न मिल्ले उल्लेख गरेका थिए ।
हाल गाउँपालिकाको सर्वेका अनुसार ९७।५ प्रतिशत साक्षर नागरिक रहेका छन। बाँकी २.५ प्रतिशत नागरिक साक्षर बनाउ कार्यविधि निमार्ण अभियानमा केन्द्रित हुने समेत ढकालले बताएका छन। कार्यक्रममा शुभकाना तथा सांस्कृतिक कार्यक्रम समेत प्रस्तुत गरिएको थियो । बैजनाथ गाउँपालिकाको कुल जनसंख्या ५४ हजार ४ सय १८ रहेको छ ।