बाँके।नेपाल पत्रकार महासंघका केन्द्रिय अध्यक्ष बिपुल पोखरेलले संचार सस्थाले पत्रकारको श्रमको उचित मुल्यांकन गर्नुपर्ने बताएका छन ।
नेपाल पत्रकार महासंघ बाकेले शुक्रबार आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै उनलेे सो कुरा बताएका हुन । अध्यक्ष पोखरेलले संचार सस्थाहरु श्रम शोषण गर्ने थलो बन्न नहुने सुझाव दिए । “सन्चार सस्थाहरु श्रम शोषण गर्ने सस्था नबनुन, हाम्रो विशेष आग्रह छ,” उनलेे भने । पत्रकारको क्षमता अभिवृद्धि गर्न महासंघले विशेष जोड दिएको उनले बताए ।
महासंघ बाके अध्यक्ष दामोदर भण्डारीको अध्यक्षतामा आयोजित उक्त कार्यक्रममा दसैको शुभकामना आदान प्रदान, दुर्घटना बिमा लागू तथा कोभिडका क्रममा सहयोग गर्नेलाई सम्मान गरिएको थियो । कार्यक्रम अहिले जारी छ ।