१३ मंसिर २०८१, बिहीबार

चर्चामा रहेका दसैंका गितहरु..
  • न्युज मानसराेवर

बाँके।  दसैं पुरानो चाड हो। त्यसैले यसको सम्बन्ध संस्कृतिसँग मात्र होइन, समग्र जीवन पद्धतिसँग जोडिएको छ। पैसा कमाउन घरबाट बाहिर जाने, दसैंका बेला पर्खने, थोरै समय भए पनि परिवारसँग रमाउने प्रचलन अहिलेको होइन। त्यसैले दसैंका गीत पनि यस्तैयस्तै विषयमा केन्द्रित रहँदै आएका छन्। काम र मामको खोजीमा विदेश जानुपर्ने बाध्यता छँदै छ।

कतिपय गीतमा परदेशिएका छोराले घर फर्कन नपाउने सन्देश बोकेका हुन्छन्। अचेल कामको खोजीमा छोरी र बुहारी पनि विदेश जाने चलन बढेको छ। दसैंका गीतमा भने घर फर्कन नपाएको छोरोले आफ्ना आमा, बाबु, पत्नी, सन्तान, दाजुभाइलाई सम्बोधन गरेको पाइन्छ। यस्ता गीत विरहले भरिएका हुन्छन् भने कतिपय गीत दसैंको रमाइलोसँग पनि जोडिएका छन्।

दसैंसँग जोडिएको नारायण गोपालको निकै नै रुचाइएको गीत बिछोडको पीडा

 

त्यस्तै गायक जीवन शर्माको यसपालि त यस्तै भो आमा

 

नारायण रायमाझीको नमुछे आमा दहीमा टीका गीत (पहिले कृष्णभक्त राईको स्वरमा थियो)

 

लोक दोहोरी क्षेत्रमा दसैंका गीतहरु ठूलो संख्यामा छन्, त्यसमध्ये अत्यन्तै रुचाइएको रेशम सापकोटाको गीत बाटो हेरे हुन्छ है घरमा

 

सशस्त्र प्रहरी बलले तयार गरेको फौजीको दसैं गीत

 

गायक सुगम पोखरेलको दसैंसम्बन्धी गीत वर्षमा दिनमा जुन युट्युबमा एक करोड बढी भ्युज बनाउन सफल भएको छ।

विभिन्न सामाजिक संजाल बाट साभार गरिएको ।


  • २३ आश्विन २०७८, शनिबार प्रकाशित

  • Nabintech