बाँके ।नेपालगन्ज रभेरी वातावरणीय विशिष्टता समूह (बी–ग्रुप) बाँकेको २२ औं साधारण सभा र ७ औं अधिवेशनबाट टेक बहादुर पुन अध्यक्षमा चयन भएका छन । यसै गरी उपाध्यक्षमा मिरा खनाल सापकोटा,सचिवमा कालिका बस्नेत,कोषाध्यक्षमा नर्वदा दाहाल, सह–सचिवमा कमलराज खत्री,सदस्यहरुमा रिताकुमारी शाही, डा. इन्द्रबहादुर भण्डारी चयन भएका छन् ।
प्रतिनिधी सभा संघीय सचिवालयका सचिव गोपाल नाथ योगीको प्रमुख आतिथ्यमा सम्पन्न भएको उक्त कार्यक्रममा गैरसरकारी संस्था महासंघ जिल्ला शाखा बाँकेका अध्यक्ष नमस्कार शाह, नेपालगन्ज उप–महानगरपालिका वडा नं. १ का अध्यक्ष प्रमोद रिजाल, महेन्द्र बहुमुखी क्याम्पस नेपालगन्जका सहायक क्याम्पस प्रमुख डा. इन्द्रबहादुर भण्डारीको सहभागिता रहेको थियो ।
संस्थाका अध्यक्ष राजकुमार क्षेत्रीको अध्यक्षतामा सम्पन्न भएको उद्घाटन समारोह पानसमा दियो बालेर गरिएको थियो । संस्थाको कार्यकारी समितिका सदस्य मिरा खनाल सापकोटाले स्वागत मन्तव्य राख्नुभएको थियो ।
संस्थाका संस्थापक अध्यक्ष स्वर्गीय डोलबहादुर भण्डारीको मृतआत्माको चिरशान्तिको कामना गर्दै १ मिनेट मौनधारण गरिएको थियो ।
संस्थाले आर्थिक वर्ष २०७७र०७८ मा गरेको प्रगतिको प्रतिवेदन संस्थाका सचिव टेकबहादुर पुन र आर्थिक प्रतिवेदन संस्थाका कार्यकारी निर्देशक डम्मर सुनारले प्रस्तुत गर्नु भएको थियो ।
कार्यक्रममा सहभागी अतिथीहरुले संस्थाले लक्षित समुदायको सशक्तिकरण र स्रोतमा पहँुच विकास गर्न पु¥याएको योगदान, संस्थागत शुसाशन र कोभिड–१९ को महामारीले पारेको नकारात्मक प्रभावलाई न्यूनीकरण गर्न तथा संक्रमणको फैलावटलाई रोकथाम गर्न बाँके र बर्दिया जिल्लामा पु¥याएको योगदानलाई उच्च मूल्याङ्कन गर्दै संस्थाको उत्तरोत्तर प्रगतिको कामना सहित शुभकामना व्यक्त गरेका थिए ।