१४ बैशाख २०८२, आईतवार

आजको मौसम : पहाडी भूभागमा आंशिक बदली
  • न्युज मानसराेवर

बाँके। सोमबार देशको पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार अन्य भूभागमा भने सामान्यतया मौसम सफा रहनेछ ।  पहाडी भूभागको थोरै स्थानहरुमा बदलीका कारण चट्याङ्ग सहित हल्का वर्षाको सम्भावना रहेको छ ।

यस्तै राति पनि पहाडी भूभागमा आंशिक बदली तथा अन्य भूभागमा सामान्यतया सफा रही  एक वा दुई स्थानहरुमा हल्का वर्षाको सम्भावना रहेको छ । हाल देशलाई प्रत्यक्ष प्रभाव पार्ने उल्लेखनीय मौसम प्रणाली नरहेको महाशाखाको भनाइ छ ।

  • २५ आश्विन २०७८, सोमबार प्रकाशित

  • Nabintech