२२ बैशाख २०८२, सोमबार

राजीनामा गरेको भोलिपल्ट संसद्‍मा सुनाइयो गजेन्द्र हमाल मन्त्री बनेको सूचना !
  • न्युज मानसराेवर

बाँके। मन्त्री बनेको ७२ घण्टा नपुग्दै राजीनामा गरेका गजेन्द्र हमाल मन्त्री बनेको सूचना प्रतिनिधि सभामा सुनाइएको छ ।

सोमवार बसेको प्रतिनिधि सभा बैठकमा सभामुख अग्नि सापकोटाले मन्त्रिपरिषद् विस्तारसम्बन्धी राष्ट्रपति कार्यालयबाट प्राप्त पत्र पढेर सुनाएका हुन् ।

असोज २२ गते उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रीमा नियुक्त भएका हमालले आइतवार राजीनामा गरेका थिए । प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको कोटामा मन्त्री बनेका भनिएका हमालले स्वविवेकले राजीनामा गरेको बताएका थिए । प्रतिनिधि सभा बैठकमा एमालेले सोमवार पनि अवरोध कायम राखेको छ ।

  • २५ आश्विन २०७८, सोमबार प्रकाशित

  • Nabintech