६ बैशाख २०८२, शनिबार

गाउँमा पैसा गन्दै महिला
  • रबि राेकाया

बाँके।बैजनाथ सामाजिक उद्यमि महिला सहकारी संस्था लिमिटेडले आफ्ना समुहमा उत्पादित खसिकाे बजारिकरण लाई तिब्रता दिएकाेछ ।

सहकारीले समुहमा उत्पादन गरिएका ५१ वटा खसी हाल सम्म बिक्री गर्न सफल भईसकेकाे छ ।

बैजनाथ गाउँपालिकाकाे आर्थिक सहयाेगमा हेफर प्राेजेक्ट नेपाल र उत्पिडित सामुदायिक विकास केन्द्रकाे साझेदारीमा संचालित साना किसान उद्यमी सुढृढिकरण परियोजना आवद्ध ७० वटा समुहकाे सहकारी स्थापना गरिएको थियाे । हाल १६ सय घर परिवारमा परियाेजनाले आर्थिक वर्ष २०७८/०७९मा काम गर्ने छ। परियाेजना संयाेजक रामकृष्ण छिनालले जानकारी गराए ।

थप २२ वटा महिला समुहहरू बैजनाथ सामाजिक उद्यमी सहकारीमा आवद्वता गराईने लक्ष्य परियोजनाकाे छ।” छिनालले भनेका छन “। अन्य परिवार सदस्यहरू  उपहार र दिप लगन सहकारीमा आवद्धता गराईने  छ उनले भने ।

सहकारीकाे पहलमा १ हजार ६ सय १७ केजी खसिकाे व्यापार भएकाे छ ।

सहकारीले हाल सम्म १०लाख काे काराेवार गरेकाे सहकारी संस्था व्यवस्थापक रिता राेकायाले जानकारी गराईन ।

राेकायाले अझै थप खसिकाे व्यापार हुने बताउदै सुपथ मुल्यमा उच्च स्तरका खसी उपलब्ध गराउन सहकारी प्रतिवद्व रहेकाे छ उनले भनिन।

दसैं तिहारमा करिव २० लाख रूपैया बराबरको  खसिकाे व्यापार गर्ने लक्ष्य सहकारीको रहेकाे सहकारी संस्थाकि अध्यक्ष कल्पना थापा मगरले जानकारी गराईन।

गाउँमा  पैसा गन्दै महिला 
आफू आवद्ध सहकारीले खसिकाे ताैल मार्फत बजारिकरण गरि दसैंकाे मुखमा हात मा नै खसिकाे मूल्य पाउँदा समुहमा आवद्ध गाउँका महिलाहरू हर्षित भएका छन ।

बैजनाथ गाउँपालिका वडा न १ कि कमला बुढा  खसिकाे उचित मुल्य पाउँदा हर्षित छिन। उनले २ सय ३४ केजि ताैल (६) वटा खसी १लाख ३० हजार ९७ रूपैयाकाे नगद काराेवार गरिन ।

हर्षित हुँदै उनले  नगद पनि पाउने र अनुदान पनि पाउने हुँदा आफ्नै सहकारी मार्फत खसी बिक्री गरेकाे बताईन । यसै गरि बैजनाथ वडा न ३ का  सहकारीमा आवद्ध महिलाहरूले २ लाख ९ हजार १ सय ८२ रूपैयाकाे काराेवार गरेका छन ।

सहकारी मार्फत यसरी बजारीकरण हुँदा गाउँका महिला हर्षित छन ।

उत्पादनमा जाेड दिन परियाेजनाले पशुहरूकाे नस्ल सुधारका लागि गाउँपालिकाकाे अनुदानमा प्राप्त उन्नत जातकाे बाेका उपलब्ध गराउनुका साथै पशु तथा श्राेतकाे उचित व्यवस्थापन सम्बन्धित तालिम र निशुल्क जुकाकाे ओेैषधि प्राविधिक ज्ञान समुहहरूमा उपलब्ध गराईएकाे परियाेजनाका प्राविधिक संयाेजक दिपेन्द्र कार्कीले जानकारी
गराए ।

सहकारी मार्फत बजारीकरण गरे हातमा मूल्य पनि आउने र सहकारीले विक्रेता लाई अनुदानका लागि पहल समेत गर्ने हुँदा समुहमा आवद्ध दिदिहरू हर्षित भएका छाैं। बैजनाथ गाउँपालिका वडा न २ कि मनु रानाकाे भनाई  रहेकाे छ ।रानाले  ६५ हजारकाे खसी व्यापार गरेकि छन ।

सहकारीले २५ देखि २९ केजी काे ५ सस १०, ३० केजि देखि ३९ काे ५सय २५ र ४० देखि ४५ सम्मकाे खसिकाे मूल्य ५ सय ३० यसै गरि ४६ केजि देखि माथि ५ सय ४० मा बिक्री गरेकाे छ “भने गुणस्तरका आधारमा ५ सय ५० सम्मकाे प्रती केजि जिउदो खसिकाे  काराेबार गरिरहेकाे  छ ।

सहकारीले स्थानीय व्यापारी, मासु व्यवसाय संघ र सामाजिक उद्यमि जिल्ला सहकारी संघ मार्फत खसेको बजारीकरण गरेकाे छ ।

 

 

 

  • २६ आश्विन २०७८, मंगलवार प्रकाशित

  • Nabintech