२२ बैशाख २०८२, सोमबार

मुगु बस दुर्घटनामा मृतकको संख्या ३२ पुग्यो, अस्पताल पुर्‍याएपछि ४ जनाको मृत्यु
  • न्युज मानसराेवर

बाँके।नेपालगञ्जबाट मुगु गमगढी जाँदै गर्दा भएको भे१ख ३१६७ नम्बरको बस दुर्घटनामा मृत्यु हुनेको संख्या ३२ पुगेको छ ।

मृतकमध्ये २४ जनाको घटनास्थलमै, ४ जनाको उद्धारपछि ताल्चा विमानस्थल पुर्‍याउने क्रममा र ४ जनाको नेपालगञ्ज पुर्‍याएपछि मृत्यु भएको प्रहरीले जनाएको छ ।

घटनास्थलबाट उद्धार गरेर उपचारका लागि नेपालगञ्ज पठाइएका १६ जनामध्ये ४ जनाको मृत्यु भएको हो ।

घटनास्थलमा मृत्यु भएकामध्ये १६ जना पुरुष, ७ जना महिला र १ बालक रहेका जनाइएको छ ।

  • २६ आश्विन २०७८, मंगलवार प्रकाशित

  • Nabintech