२५ बैशाख २०८२, बिहीबार

मन्त्री हमाललाई लोकतान्त्रिक खेलकुदको स्वागत तथा सम्मान
  • न्युज मानसराेवर

बाँके। नेपाली कांग्रेस निकट नेपाल लोकतान्त्रिक खेलकुद संघ लुम्बिनी प्रदेशले प्रदेशका वन, वातावरण तथा भूसंरक्षण मन्त्री सुरेन्द्र हमाललाई बिहीबार नेपालगन्जमा स्वागत, बधाई तथा शुभकामना कार्यक्रम गरेको छ ।

संघका लुम्बिनी प्रदेश अध्यक्ष नरेन्द्र थापाको सभापतित्वमा सम्पन्न कार्यक्रममा ओलम्पियन समेत रहेका मन्त्री हमालले वन मन्त्री भएपनि खेलकुददेखी टाढा नरहेको बताए । ओलम्पियन हमाल मन्त्री बनेपछि नेपालगन्जबासी धेरै खुसी भएको संघका अध्यक्ष थापाले भनेका छन।

 

  • ४ कार्तिक २०७८, बिहीबार प्रकाशित

  • Nabintech