२१ बैशाख २०८२, आईतवार

जनतालाई अनुभूति हुने गरी काम गर्न मन्त्रीहरूलाई मुख्यमन्त्री केसीको निर्देशन
  • न्युज मानसराेवर

बुटवल।लुम्बिनी प्रदेशका मुख्यमन्त्री कूलप्रसाद केसीले जनतालाई अनुभूति हुने गरी काम गर्न मन्त्रीहरूलाई निर्देशन दिएका छन् ।

केसीले मन्त्री, राज्यमन्त्री र सचिवहरूसँग सोमवार छलफल गरेका छन् ।

जनगुनासोलाई पहिलो प्राथमिकतामा राखी सम्बोधन गर्न सबै मन्त्रीहरूलाई केसीले आग्रह गरेका छन् ।

केसीले भने, ‘गठबन्धन दलको सरकारको अनुभूति दिनका लागि सबैले आफ्नो कार्यक्षमता, दक्षता र विवेकलाई अझै गति प्रदान गर्नका लागि अगाडि बढाएर जान सबैलाई निर्देशन गर्दछु ।’

मुख्यमन्त्री केसीले मन्त्रालयको संख्या बढी बनाए पनि आफ्नो खर्चमा मितव्ययिता बनाउँदै अन्तर मन्त्रालयको सहकार्य र समन्वयमा काम गरी अगाडि बढ्नका लागि अनुरोध गरे ।

प्रदेशमा किसानका पीडामा सहयोग गर्नुपर्ने सरकारका प्रवक्ता तिलकराम शर्माले बताए । स्वास्थ्य क्षेत्रमा कपिलवस्तुको बहादुरगञ्जमा भएको झाडापखालाको नियन्त्रण नै प्रमुख कार्य गरिएको बताउँदै आगामी दिनमा सरकारले पहिलो प्राथमिकताका साथ कोरोना विरुद्धको खोप खरिद गरी प्रदान गर्नका लागि निरन्तर प्रयास गर्नुपर्ने शर्माले बताए ।

  • ८ कार्तिक २०७८, सोमबार प्रकाशित

  • Nabintech