बाँके \नेकपा एमाले राप्ती सोनारी गाउँपालिकाको अध्यक्षमा पुनः मनोज केसी निर्वाचित भएका छन् । पार्टीको गाउँपालिका स्तरिय अधिवेशनबाट मंगलबार सर्वसम्मत रुपमा केसीलाई चयन गरिएको हो । उनी यसअघि पनि पार्टीको राप्ती सोनारीको अध्यक्ष थिए ।
यस्तै समितिको उपाध्यक्षमा मदन ओली, सचिव सुधा चौधरी, सहसचिवमा पूर्ण चौधरी र घनश्याम बस्नेतसहित ४५ सदस्यीय समिति चयन भएको छ । केसी ब्यवसायी पनि हुन् ।
यसअघि अध्यक्ष पदका लागि केसी र ओलीको चर्चा थियो । ओली राप्ती सोनारी २ का वडाअध्यक्ष पनि हुन् । अधिवेशन उद्घाटन शत्रमा एमालेका लुम्बिनी प्रदेश कमिटी सचिवालय सदस्य सुर्य ढकाल, प्रदेश कमिटी सदस्य सन्तोष बस्नेत, रामदास थारु, तुलसीराम थारु लगायतले बोलेका थिए ।