२१ बैशाख २०८२, आईतवार

जनगणना २०७८ यही कात्तिक २५ बाट घर घर गणक परिचालन गरिने
  • न्युज मानसराेवर

बाँके\ कोहलपुर नगरपालिका र बैजनाथ गाउँपालिका स्तरमा खटिएका जनगणना २०७८ का सुपरिवेक्षहरु संग अन्तरक्रिया गरिएको छ ।
बैजनाथ गाउँपालिकाका जनप्रतिनिधि र कोहलपुर नगरपालिकाका जनप्रतिनिधिहरु संग सुपरिवेक्षकहरुले अन्तरक्रिया गरेका हुन।

कोहलपुर नगरपालिका १ सय १२ जना र बैजनाथ गाउँपालिकाका ७१ जना सुपरिवेक्षकहरु संग जनगणनामा सर्वे गर्दा देखिएका समस्या बारे स्थानीय जनप्रतिनिधिहरु लाई जानकारी गराइएको हो ।

कार्यक्रममा कोहलपुर नगरपालिका मेयर लुट बहादुर रावत बैजनाथ गाउँपालिका अध्यक्ष मान बहादुर रुचाल कोहलपुर नगरपालिमा उप मेयर सन्जु कुमारी चौधरी वडा अध्यक्ष लगाएतको सहभागिता रहेको थियो ।

कार्यक्रममा बैजनाथ गाउँपालिका अध्यक्ष  रकोहलपुर नगरपालिका मेयर लगाएतले वडा स्तरमा देखिएका समस्याहरु समाधान गर्नाका लागि प्रतिवद्ध रहेको कार्यक्रममा बताएका थिए ।

कार्यक्रममा कोहलपुर नगरपालिका प्रमुख प्रशासकीय अधिकृत टोपेन्द्र बहादुर केसीले जनगण एक महान अभियानका रुपमा स्थानीय जनतालाई बुझाउन आवश्यक रहेको बताउदै स्थानीय वडा स्तरमा वडा अध्यक्ष ज्यूको समन्वयनमा समिति समेत निमार्ण गरिने जानकारी गराएका थिए ।

कार्यक्रममा बैजनाथ गाउँपालिका निमित्त प्रमुख प्रशासकीय अधिकृत तप्तराज आचार्य जिल्ला जनगणना कार्यालय बाँकेका प्रमुख वेद प्रसाद ढकाल लगाएतले कार्यक्रमम सहजीकरण गरेका थिए ।

कार्यक्रममा जनगणना कार्यालयका बाँकेका प्रमुख ढकालले गणकहरुको तालिम यही १३ गते देखी १६ गते सम्म सञ्चालन गरी कात्तिक २५ गते देखी मंसिर ९ गते सम्म जनगणना सम्पन्न गरिसक्नु पर्ने जानकारी गराएका थिए ।

  • १२ कार्तिक २०७८, शुक्रबार प्रकाशित

  • Nabintech