बाँके\ बाल शिक्षा तथा पठन संस्कृति विकासमा कार्यरत रुम टु रिड \पढ्नका लागि कोठा नेपालको सहयोगमा १० औँ अन्तरराष्ट्रिय बालिका दिवस मनाइएको छ । दिवस बाँकेको बैजनाथ गाउँपालिका वडा न १ स्थित सुर्यदय मावि चिसापानीमा मावि तहमा हाजिरी जवाफ र आधारभूत तहमा चित्रकला प्रतियोगिताको आयोजना गरी १० औँ अन्तरराष्ट्रिय बालिका दिवस मनाइएको हो ।
प्रतियोगितमा मावि तह तर्फ प्रथम कक्षा ७ का युराज टमाटा दृतिय कक्षा ६ मा अध्यनरत छात्रा संझना सुनार तृतिय कक्षा ७ मा अध्यनरत कृतिका सुनार र सान्तना कक्षा ६ का रमेश खान भएका थिए ।
यसै गरी आधारभूत तर्फ कक्षा ५ का सन्तोष चन्द्र प्रथम यसै गरी दृतिय रेजु बुढा तृतिय संझना विक सान्तना शिशिर विक भएका थिए । विजयी छात्रा छात्रहरुलाई पुरुस्कार समेत उपलब्ध गराइएको संस्थाकी वरिष्ठ सामाजिक परिचाल रुपनी चौधरी जानकारी गराएकी छिन ।
आधारभूत तहमा बालबालिकाले बनाइएका चित्रहरु
कार्यक्रममा विद्यालयका सायक प्र.अ दामोदर उपाध्ययले संस्थाले कार्यक्रमको आयोजना गर्नाका लागि आर्थिक सहयोग गरेको बताउदै यस्ता कार्यक्रमहरुले बालिका र बालकहरुको बौद्धिक विकासमा टेवा पुग्ने विश्वास लिएको बताएका छन ।
न्यून आय भएका समुदायका बालबालिकामा साक्षरता सीप र पढ्ने बानीको विकास तथा बालिकाहरूका लागि जीवन उपयोगी सीप विकासमा रुम टु रिडले काम गर्दै आइरहेको छ ।
सन् २००० मा स्थापना भएको रुम टु रिडले अहिलेसम्म ३ सय ७१ भन्दा बढी बाल साहित्यका पुस्तक प्रकाशन गरिसकेको छ भने १ करोड पुस्तक वितरण गर्नुका साथै १५ जिल्लाका ६ सय विद्यालयमा काम गरिरहेको छ ।