२१ बैशाख २०८२, आईतवार

बन्य जन्तु चितुवाको छाला सहित ३ जना प्रहरी नियन्त्रणमा
  • न्युज मानसराेवर

कोहलपुर \ कोहलपुर इलाका प्रहरी कार्यालयले बन्य जन्तु चितुवाको छाला एक थान र एक  किलो ४० ग्राम हाडहरु सहित ३ जनालाई नियन्त्रणमा लिएको छ ।

विशेष सुचनाका आधारमा कोहलपुर ११ स्थित होटल सागर गेष्ट हाउस बाट बन्य जन्तु चितुवाको छाला सहित ३ जनालाई  नियन्त्रण लिइएको इलाका प्रहरी कार्यालय कोहलपुरका प्रमुख रबिन्द्र खनालले जानकारी गराए ।

नियन्त्रणमा लिइएका सबै सागर गेष्ट हाउसको कोठा न २०५ नम्बरको कोठामा बसेका थिए ।

प्रहरीले नियन्त्रणमा लिइएका मध्य जिल्ला सुर्खेत पंचपुरी नगरपालिका वडा न ७ बस्ने रमेश बयक बर्ष २८ का बसन्त बिसी र बाँके जिल्लाका राप्ती सोनारी गाउँपालिका वडा न ९ बस्ने ३५ का हिरासिंह विक लाई प्रहरीले गए रात्री नियन्त्रणमा लिइएको हो ।

खनालका अनुसार नियन्त्रण्मा लिइएका व्यक्तिहरुमा थप अनुसन्धान गरिरहको न्यूज मानसरोबर लाई जानकारी गराए ।

  • १३ कार्तिक २०७८, शनिबार प्रकाशित

  • Nabintech