बाँके\ हाल नेपालमा उल्लेखनीय मौसम प्रणाली नरहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
महाशाखाका अनुसार आइतबार बिहान देशको पहाडी तथा हिमाली भूभागमा आंशिक बदली र बाँकी भूभागमा मौसम सामान्यतया सफा रहेको छ ।
यस्तै दिउँसो पनि पहाडी भूभागमा आंशिक बदली तथा बाँकी भूभागमा मौसम सामान्यतया सफा रहने छ । तर, प्रदेश नं १, बागमती प्रदेश र गण्डकी प्रदेशको एक दुई स्थानहरुमा हल्का वर्षाको सम्भावना रहेको छ भने उच्च पहाडी तथा हिमाली भूभागका एक वा दुई स्थानहरुमा हल्का हिमपातको सम्भावना रहेको छ ।
यसैगरी राति प्रदेश नं १, बागमती प्रदेश र गण्डकी प्रदेशमा आंशिक देखि सामान्य बदली र बाँकी भूभागमा आंशिक बदली रहने छ। प्रदेश नं १, बागमती प्रदेश र गण्डकी प्रदेशको एक दुई स्थानहरुमा हल्का वर्षाको संभावना रहेको छ भने उच्च पहाडी तथा हिमाली भू(भागका एक वा दुई स्थानहरुमा हल्का हिमपातको सम्भावना रहेको छ ।