बाँके\नेपालगन्ज उपमहानगरपालिकाले बालबालिकामा कुपोषणको पहिचान गर्न अभियान थालेको छ । उपमहानगरपालिकाको स्वास्थ्य टोलीले ६ देखि ५९ महिनाका बालबालिकाको पोषण अवस्थाका बारेमा लेखाजोखा राख्न पाखुराको नाप लिँदै कुपोषण भए/नभएको पहिचानका लागि अभियान थालेको नेपालगन्ज उपमहानगरपालिकाका जनस्वास्थ्य निरीक्षक जागेश्वर बस्नेतले बताए ।
उपमहानगरपालिकाको स्वास्थ्य टोलीले ६ देखि ५९ महिनाका बालबालिकाको पोषण अवस्थाका बारेमा लेखाजोखा राख्न पाखुराको नाप लिँदै कुपोषण भए/नभएको पहिचानका लागि अभियान थालेको नेपालगन्ज उपमहानगरपालिकाका जनस्वास्थ्य निरीक्षक जागेश्वर बस्नेतले बताए ।
शुक्रबारदेखि सुरु भएको कुपोषण जाँचमा मुवाक(पाखुराको मध्यबिन्दुको परिधि नापेर) टेपको सहायताले बालबालिकाको पाखुराको नाप लिन थालिएको छ ।
मुवाक टेपमा हुने ३ वटा रंगको सहायताबाट कुपोषण भए नभएको भन्ने पत्ता लाग्ने जनस्वास्थ्य निरीक्षक बस्नेतले बताए । ‘पाखुरा नाप्दा मुवाक टेपमा भएको हरियो रंग देखिएमा बच्चा स्वास्थ्य, पहेलो रंग देखिएमा कुपोषणको परामर्श आवश्यक रहेको जनाउने र रातो भएमा कुपोषणको हाइ रिक्समा भन्ने जनाउछ,’ बस्नेतले भने, ‘उपमहानगरको सवालमा मधेसी समुदायको बाहुल्य रहेको गाविसबाट वडामा जोडिएका वडाहरुमा कुपोषण देखिएको आकलन गरेका छौं । ’
स्वयंसेविका परिचालन गरेर उपमहानगरका सबै वडाहरुको घर–घरमा गएर सुरु भएको जाँचबाट उपमहानगरको कुपोषणको अपस्था पत्ता लगाइनेछ ।